पेमा युवा क्लव विराटनगर मिल्स गोल्डकपको फाइनलमा

Logo
Nav Nepal बिहिबार, बैशाख १३, २०८१
  विराटनगर,१३ वैशाख ।  चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा  पेमा युवा क्लब विराटनगर पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा  आज सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा पेमा युवा क्लवले कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको हो ।
पेमा युवा क्बलको तर्फबाट मिलन राई, समिर राई र कुलदिप कार्कीले एक ÷एक गोल गरे भने  प्रहरीको तर्फबाट उज्जल राईले गोल फर्काएका थिए  ।
खेलको २९ औं मिनेटमा प्रहरीका उज्जल राईले गोल गर्दै अग्रता दिलाएका थिए भने  ४३ औं मिनेमा पेमा युवा क्लवका मिलन राई गोल गर्दै  खेल बराबारीमा ल्याएका थिए ।
यस्तै दोस्रो हाफको   ६१ औं मिनेटमा पेमाका समिर राईले र  ६५ मिनेटमा कुलदिप कार्कीले गोल गर्दै टिमलाई फाइनलमा पु¥याउन सफल भएका छन् ।
प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा युवा क्लबका मिलन राई घोषित  हुनका साथै नगद रु तीन हजार  प्राप्त गरेका छन् ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेताले रु दुई लाख ११ हजार एक  सय र उपबिजेताले रु एक  लाख ११ हजार एक सय प्राप्त गर्ने छन् ।
शनिबार हुने फाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) पकली,सुनसरी  र पेमा युवा क्लब विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077