मुलुकमा समृद्धि ल्याउन कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण आवश्यक–मन्त्री खत्री

Logo
Nav Nepal शुक्रबार, बैशाख १४, २०८१
विराटनगर,१४ वैशाख । कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि ल्याउन कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ।
पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा आज यहाँ आयाजित  दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई आयोजित अभिमुखीकरणको गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रलाई दौडाउनका लागि  प्रविधि र व्यवसायिकरण  गरेमा सम्पन्नता कृषकको घरआँगनमा आउने विचार राख्नु भयो ।
उहाँले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ व्यवसायीक र कर्मचारीहरुको हितमा रहेको भन्दै कर्मचारी र व्यवसायीकको मांग आगामी दिनमा सम्वोधन हुँदै जाने आश्वासन दिनु भयो ।
परिषदका उपाध्यक्ष जनकवहादुर रावलले किसानलाई गुणस्तरजन्य पशुजन्य उत्पादनमा ऐन सहयोगी भएको बताउनु भयो ।
परिषदका अध्यक्ष देवेन्द्र यादव, मन्त्रालयका सचिव डा लेखराज दाहाल ऐनले पाठकयक्रम परिमार्जन, परिक्षा संचालन, अनुगमन, आचार संहिता पालन, अध्ययन अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
परिषदका रजिष्टार  पूर्णबहादुर वढाले ऐन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठी प्रदेशका १४ जिल्ला पशु स्वास्थ्य क्षेत्रमा आवद्ध कर्मचारी एवं व्यवसायीहरुको सहभागिता रहेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077