प्रदेश प्रमुख खापुङ्ग – बबरसिंह–देवकुमारी स्मृति सम्मानबाट स्रष्टाद्वय पाँडे र ताम्राकार पुरस्कृत

Logo
Nav Nepal शनिबार, बैशाख १५, २०८१

विराटनगर,१५ वैशाख । बबरसिंह – देवकुमारी थापा सेवा गुठी विराटनगरले आज यहाँ दुई जना स्रष्टाहरुलाई पुरस्कृत सहित सम्मान गरेको छ।
गुठीले देवकुमारी थापा स्मृति सम्मान –२०८० बाट प्रसिद्ध हास्यब्यङ्ग्यकार रामकुमार पाँडेलाई नगद रु ५१ हजार र बबरसिंह थापा स्मृति सम्मानबाट कथाकार रिता ताम्राकारलाई रु २५ हजार सहित पुरस्कृत गरिएको छ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले स्रष्टाहरुलाई सम्मान गर्दै समाजमा रहेको विकृति, विसंगति र भेदभाव विरुद्ध साहित्यकारले आफ्नो कलम मार्फत चेतना जागृत गराउनका साथै समतामुलक समाज निर्माणमा लाग्नु पर्ने बताउनु भयो ।
उहाँले तराई, पहाड, हिमाल जस्तो विविधता भएको मुलुकमा जनतामा साम्प्रदायिक सदभाव, धार्मिक सहिष्णुता, आपसी एकता एवं भाइचारा कायम राख्न साहित्यकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा प्रशंसा व्यक्त्त गर्नु भयो ।


प्रदेश प्रमुख खापुङ्गले साहित्कारहरुलाई नेपालका तीन जनताले देखेको ,वुझेको एवं चिनेको चर्चा गर्दै समाज र जनतालाई स्रष्टाहरुले साहित्यमार्फत योगदान पु¥याएको धारणा राख्नु भयो ।
पुरस्कृत हास्यव्यङ्ग्यकार पाँडेले हास्यब्यङ्ग्य साहित्यमा जनताको आवाज समावेश रहका हुन्छन भन्दै पीडाबाट निस्केने हास्यब्यङ्ग्यले जनता र समाजमा रहेका विकृतिलाई सुधार गर्नु नै मुख्य उद्देश्य रहेको बताउनु भयो ।
कार्यक्रममा गुठीका अध्यक्ष प्रा कविराज न्यौपाने, सचिव दिनेश श्रेष्ठ,कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, विवश पोखरेल र प्रमोद प्रधानले स्व. देवकुमारी थापाको कथा नेपालका चार पुस्ताले अध्ययन गरेको बताउनु भयो ।
सोही अवसरमा प्रदेश प्रमुख खापुङ्गले प्रमोद प्रधानद्वारा सम्पादित ‘देवकुमारी थापाका कथा साधना’ पुस्तकको विमोचन समेत गर्नु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077