मुलुकको अर्थतन्त्रको विकासका लागि सञ्चार क्षेत्रको सहयोग आवश्यक

Logo
Nav Nepal शुक्रबार, बैशाख २८, २०८१

विराटनगर,२८ वैशाख । समग्र मुलुकको आर्थिक विकासका लागि उद्यमी तथा संचारकर्मीहरु एक साथ अगाडि वढ्नु पर्ने धारणा सहभागीहरुले व्यक्त्त गर्नु भएको छ।
मोरङ उद्योग व्यापार संघ विराटनगरको ३४ आँै कार्य समिति परिवार र संचारकर्मीहरुबीचको आज यहाँ आयोजित भेटघाट ,छलफल तथा परिचायात्मक कार्यक्रममा सहभागीहरुले मुलुकको मेरुदण्डको रुपमा उद्योगी व्यापारी एवं राष्ट्रको चौथो अङ्ग् सञ्चार क्षेत्रले यस क्षेत्रका जनताको आर्थिक समृद्धि, व्यापार घाटा न्यूनिकरण, पर्यटकहरुको आगमन वृद्धि, कृषि उत्पादनमा आत्मनिर्भर लगायतका क्षेत्रमा मिलेर कार्य गर्नुपर्ने आग्रह गरिएको छ।
संघका नव निर्वाचित अध्यक्ष अनुपम राठीले मुलुकको अर्थतन्त्रको विकासलाई उचाई पु¥याउने मुख्य उद्देश्यका साथ अगाडि वढेको बताउँदै यस सम्बन्धमा अर्थतन्त्रलाई आवश्यक सुझाव दिएको जानकारी दिनु भयो ।
छलफलमा संघका निवर्तमान अध्यक्ष नविन रिजाल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे,मोरङकी कार्यवाहक अध्यक्ष तारा आचार्य ,सञ्चारकर्मी चीना थापा लगायतले अर्थतन्त्रको विकास, रोजगारी, पर्यटन क्षेत्रको विकासमा सञ्चारकर्मीहरुको सक्रिय सहभागीता रहने प्रतिवद्धता व्यक्त्त गरेका छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077