विराटनगर,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताउनु भएको छ।
प्रदेश सभामा आज विश्वासको मत प्राप्त पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले हाललाई नेकपा एमाले र नेकपा (माओवादी) केन्द्र सहितको सरकार विस्तार गर्ने जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले जनता समाजवादी पार्टी नेपाल विभाजन पछि सनाखत हुन केहि दिन लाग्ने तथा नेकपा (एकीकृत समाजवादी) सरकारलाई समर्थन दिने तर प्रतिपक्षमा वस्ने भएकोले आगामी दिनमा छलफल गरि सरकारमा सहभागी हुने विश्वास व्यक्त्त गर्नु भयो ।
अहिले प्रदेश सरकारले कार्यवोझ नथपी मन्त्रालयको सङख्या वृद्धि नगर्ने जानकारी दिँदै उहाँले यस सम्वन्धमा माओवादीसँग समझदारी भएको प्रष्ट पार्नु भयो ।
मुख्यमन्त्री कार्कीले सरकारले आज सदनमा विश्वासको मत लिने वैठकमा नेपाली कांग्रेस अनुपस्थित हुनु संसदीय अभ्यासको क्रममा चुकेको छ भन्दै नेकांले कार्यव्यवस्था समितिको वैठकमा आजको वैठक सार्न कुनै जानकारी नदिएको समेत प्रष्ट पार्नु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो –एमालेले संविधान, संसदीय अभ्यास, ऐन, नियम कानूनको पालना गरि सरकार निर्माण गरेको चर्चा गर्दै सरकार अल्पमतको होइन वहुमतको हुन्छ ।
उहाँले कुनै पनि सरकारले सदनको विश्वास गुमाएपछि विश्वासको मत लिनु पर्छ अन्यथा राजीनामा दिई अर्को सरकार निर्माणलाई सहज स्विकार गर्नुपर्ने बताउनु भयो ।–––