कोशी प्रदेश मन्त्रिमण्डल विस्तार– पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

Logo
Nav Nepal शुक्रबार, जेठ ०४, २०८१

विराटनगर ,४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्य मन्त्री नियुक्त गरी मन्त्रिमण्डलको कार्य विभाजन गर्नु भएको छ।
मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकास मन्त्रीमा पाँच कर्ण राई, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रीमा एकराज कार्की, पर्यटन , वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा लिला बल्लभ अधिकारी तथा सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको राज्यमन्त्री र बन्दना झाँगर पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री कार्कीको मिति २०८१ जेठ ४ गतेको सिफारिशसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम बैशाख २७ गते गठित मन्त्रिपरिषदको कार्यविभाजन नियुक्ति, हेरफेर र कार्य विभाजन सहित शपथ ग्रहण गराउनु भएको छ ।
प्रदेश प्रमुख खापुङ्गले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ मन्त्री कार्की, मगर, अधिकारी , कार्की र राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीद्वय राई र झाँगरलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ।
यस अघि विना विभागीय मन्त्री रहनु भएका रामबहादुर मगरलाई आर्थिक मामिला तथा योजना मन्त्री र गणेशप्रसाद उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा कार्यविभाजन गर्नु भएको छ।
शपथ ग्रहण समारोहमा सभामुख अम्बरबहादुर विष्ट , प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली, विभिन्न मन्त्रालयका सचिव , सुरक्षा निकायका प्रमुखहरु लगायतका विभिन्न राजनैतिक दलका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077