Logo
मुख्यमन्त्री कार्की – प्रदेश योजना आयोगका उपाध्यक्ष डा अधिकारी शपथ ग्रहणal सोमबार, जेठ ०७, २०८१
विराटनगर,७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराउनु भयो ।
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा एक समारोहमा बीच झापा विर्तामोड निवासी प्रदेश योजना आयोगका उपाध्यक्ष डा अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
शपथ ग्रहण समारोहमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी, खानेपानी, सिंचाई तथा  उर्जा मन्त्री  एकराज कार्की, पर्यटन , वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी राज्यमन्त्री सिर्जना राई , पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा  बन्दना झाँगर , विभिन्न मन्त्रालयका सचिव , मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077