विराटनगर,१० जेठ । नेपाल कम्यूनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रेस स्वतन्त्रता हनन् नगरेको बताउनु भएको छ।
नेकपा एमाले मोरङ जिल्ला कमिटीले विराटनगर– ११ स्थित पाञ्चालिमा रहेको भवन परिसरमा निर्माण गरिएको नेतात्रय स्व पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरण पछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नागरिकता छानवीन गर्दैमा प्रेस स्वतन्त्रता हनन्सँग यसको कुनै समन्वन्ध नरहेको स्पष्ट पार्नु भयो ।
अध्यक्ष ओलीले भन्नु भयो – ‘नागरिकता छानवीनबाट मुलुकमा अधिनायकवाद र निरङ्कुश कायम हुने भन्ने कुरा जनतामा भ्रम सिर्जना गर्ने कार्य मात्र भएको हो’ ।
उहाँले गृहमन्त्री रवि लामिछाने कैलाश सिरोहियालाई रिशइविले होइन संयोगका कारण नक्कली नागरिकता काण्डमा मुद्दामा पक्राउ परेका हुुन, यसलाई नेपाली कांग्रेसले अति वाङगोटिङगो रुपमा प्रस्तुत गरेको आरोप लगाउनु भयो ।
पूर्वप्रधानमन्त्री ओलीले भन्नु भयो– ‘नेकाले भोलिदेखि सडकमा आन्दोलन गर्नु जरुरी नभएको र गर्नु पनि हुँदैन ’ ।–––