विराटनगर,१३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले देशको भूगोल, झण्डा र राष्ट्रिय भावनालाई जनतासमक्ष पु¥याउने कलाकर्मीलाई उच्च सम्मान गर्ने बताउनु भयो ।
गायक सुमित खड्काको ‘देशले खोजेको मान्छे’( राष्ट्रिय गीतहरुको संंगालो) एलवमको आज विराटनगरमा विमोचन गर्दै उहाँले गायक खड्काले राट्रिय गीतहरुको माध्यमबाट मुलुकका सम्पूर्ण नागरिकहरु वीचमा राष्ट्रिय एकता जोड्न सफल हुनु भएकोमा खुशी समेत व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको गौरवका रुपमा रहनु भएका गायक सुमित खडकाले राष्टिय गीत ५१४ वटा
गाएर विश्व किर्तीमान कायम गर्नु भएको खुशी व्यक्त वधाई समेत दिनु भयो ।
उहाँले प्रदेश सरकारले आगामी असोज महिनामा गायक खड्कालाई गिनिज वुक विश्व रिकर्ड प्रमाण पत्र वितरण समारोह भव्य रुपमा आयोजना गर्र्ने जानकारी दिनु भयो
रासस सञ्चालक समितिका सदस्य एवं सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेलले आगामी दिनमा समाजमा लुकेर रहेका प्रतिभालाई वाहिर ल्याउन सहयोग गर्ने बताउनु भयो ।
कोशी प्रदेश सभाका सदस्य भीम पराजुली,मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई,नेपाल उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य महेश रेग्मीले राष्ट्रिय भावनालाई एकजुट पु¥याउन गीतले योगदान पु¥याएको विचार राखेका छन् ।
सो अवसरमा गायक खड्काले एलवलको गीत प्रस्तुत गर्नु भएको थियो ।
विमोजित एलवलमा विभिन्न गीतकारका आठ वटा रचना रहनुका साथै सङ्गीत शक्तिबल्लभले दिनु भएको छ।–––