विराटनगर,१५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम ल्याईने बताउनु भएको छ ।
नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकमा उहाँले प्रदेश सभामा नेपाली कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने विचार राख्नु भयो ।
दलका नेता तथा मुख्यमन्त्री कार्कीले नेकां जस्तो लोकतान्त्रिक पार्टीले प्रदेश सभाको बैठक बहिष्कार गर्नु उचित नभएको बताउनु भयो ।
मुख्यमन्त्री कार्कीको नियुक्ति असंवैधानिक भन्दै नेकांले सर्वाेच्च अदालतमा रिट दायर पछि प्रदेश सभा बैठक बहिष्कार गर्दै आइरहेको छ ।
कोशी प्रदेश सभाको बैठक यही जेठ २१ मा बोलाइएको छ ।–––