आर्थिक सल्लाहकारमा डा सुवेदी नियुक्त

Logo
Nav Nepal आइतबार, जेठ २०, २०८१
विराटनगर,२० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक सल्लाहकारमा डा मोहन सुवेदीलाई  आज नियुक्त गर्नु भएको छ।
महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपप्राध्यापकको रूपमा कार्यरत सुवेदीले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि  गर्नु भएको छ।
डा सुवेदी यसअघि प्रदेश सरकारको राजश्व परामर्श समितिमा विज्ञको रूपमा काम गरिसक्नु भएको छ।
मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा बिक्रम लुईटेल, जनसम्पर्क सल्लाहकारमा रवी खनाललाई नियुक्त गर्नु भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077