विराटनगर, २७ जेठ ः उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले कोशी प्रदेश सुरक्षा गोष्ठीको आज एक समारोहको बीच यहाँ उद्घाटन गर्नु भयो ।
गृहमन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा संयुक्त रुपमा विराटनगरमा सो गोष्ठी शुरु भएको हो ।
भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारी,गृहमन्त्रालयका सचिव , नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय,नेपाली सेनाका उच्च अधिकारी, प्रदेश स्तरीय प्रहरी प्रमुख, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका अधिकृत , सशस्त्र प्रहरीका प्रमुख लगायतको सहभागिता रहेको छ।
सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्ने, विभित्र अपराधका घटना नियन्त्रण गर्ने ,प्रदेशको सुरक्षा चुनौती, अपनाउनु पर्ने रणनीतिका बारेमा प्रकाश पार्नु भएको थियो ।(फोटो उपलव्ध छ)–––