विराटनगर,२८ जेठ ः सामाजिक सुरक्षा भत्ताप्राप्त गर्ने लाभग्राहीलाई राष्ट्रिय परिचय पत्रमा आधारित वायोमेट्रिक्स मार्फत प्रमाणीकरण गराउनका लागि डिभाइस सञ्चालन सम्बन्धी तालीम आज यहाँ शुरु भएको छ ।
राष्ट्रिय परिचय पत्र विभाग तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित दुई दिने कोशी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेशका विभित्र पालिकाका १५० जनाको सहभागिता रहेको छ ।
गृहमन्त्रालयका सचिव एकनारायण अर्यालयले गोष्ठीको उद्घाटन गर्दै सामाजिक सुरक्षा भत्ताको दुरुपयोग नहोस् र सम्बन्धित व्यक्त्ति पाउनका लागि अभियानको रुपमा सञ्चालन गरिएको बताउनु भयो ।
उहाँले करछली, अपराध नियन्त्रण, ट्राफिक उल्ङ्घन नियन्त्रण, सामाजिक सुरक्षा भत्ता दुरुपयोग नियन्त्रण लगायतका लागि फेसलेस, क्यासलेस र डकुमेण्ट लेस बनाउन डिजिटलरुपमा ७७ जिल्लाका ७५३ पालिकामा यो कार्य अभियानको सञ्चालन गरिने जानकारी दिनु भयो ।
विभागका निर्देशक शिवराज सेडाईले प्रदेशमा चार लाख जना सामाजिक सुरक्षा भत्ताका लाभग्राही रहेको र प्रदेशमा रु १७ अर्ब भत्ता अन्तर्गत खर्च हुने गरेको जानकारी दिनु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको मृत्यु भएका समेतलाई वितरण गरिएको अनियमिताका सम्बन्धमा अनुसन्धान शुरु गरिएको जानकारी दिनु भयो ।
विभागकाले यस अघि चार प्रदेशमा सम्पत्र गरिएको जेठ ३१ र ३२ गते मधेश प्रदेश र असार ३ र ४ गते बागमती प्रदेशमा कार्यक्रम गरिने भएको छ ।–––