

विराटनगर,२ असोज ः कोशी प्रदेश सरकारको आज बसेको बैठकले जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको निधनमा दुःख व्यक्त गर्दै रु एक लाख काजक्रिया खर्च दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा जेन्जी आन्दोलनपछि पहिलो पटक बसेको बैठकले त्यस्तो रकम आन्दोलनमा लागेकाहरूलाई मात्रै दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनु भयो ।
त्यस्तै बैठकले कोशी प्रदेशभित्रका विभिन्न मन्त्रालयहरुका रु पाँच लाख बराबरका सम्पूर्ण योजनाहरु कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
यसैगरी विभिन्न भौतिक पूर्वाधारको क्षतिको अध्ययन गर्न आगामी कात्तिक ९ गते सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।
यसअघि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो कार्यकक्षमा नेपालको चुच्चे नक्सा राखेर काम सुरु गर्नु भएको छ।
आन्दोलनको क्षति हुनबाट बचेको भवनमा कार्यकक्ष बनाएर उहाँले आजबाट काम सुरु गर्नुभएको हो ।
मुख्यमन्त्री कार्कीले अहिलेको मुख्य एजेण्डा भनेको राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय एकता भएको बताउनुभयो।–––