डेढ दशकमा मोरङबाट ५६४ बालिका बेपत्ता

Logo
Nav Nepal बिहिबार, पुष १७, २०८२

विराटनगर, १६ पुस ः मोरङ जिल्लाबाट पछिल्लो डेढ दशकमा ५६४ बालिका बेपत्ता भएका छन् ।
सन् २०२५ मा मानव वेचविखन तथा ओसारपसार विरुद्ध माइती नेपाल विराटनगरले गरेको कार्यबारे आज पत्रकारसँगको आयोजित अन्तरक्रिया सन् २०१० देखि २०२५ सम्मको अवधिमा ६७१ बालिका बेपत्ता भएका मध्ये १०७ जना फेला परेको जानकारी दिनुभयो ।
माइती नेपाल विराटनगरका संयोजक पोखरेलले सन् २०२५ मा मात्रै मोरङबाट ४७ बालिका बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये १३ जना फेला परेका छन् ।
मोरङमा पछिल्लो नौ वर्षपछि धेरै संख्यामा बालिका बेपत्ता भएका हुन ।
सन् २०१६ मा ७० जना बालिका बेपत्ता भएको संयोजक पोखरेलले बताउनुभयो । सो सङ्ख्या १५ वर्षको अवधिकै अधिक हो । सवै भन्दा कम सन् २०२२ मा एक जना बालिका बेपत्ता भएका थिए ।
माइती नेपालको तथ्याङ्क अनुशार १५ वर्षको अवधिमा सीमानाकाबाट एक हजार ६५४ जनाको उद्धार गरिएको छ ।
सो अवधिमा जवरजस्ती करणीका ५३ वटा घटनाका निवेदन आएका छन् । मानव वेचविखनका १५ वटा मुद्धा दर्ता भएका छन् । पछिल्लो पाँच वर्षदेखि मानव वेचविखन मुद्धा दर्ताको घटना शुन्य अवस्थामा छ ।


सन् २०२५ मा मात्रै मोरङ सहित १९ जिल्लाका १०८ जनाको उद्धार गरि सवै जनालाई परिवारको जिम्मा लगाईएको संयोजक पोखरेलले बताउनुभयो ।
विराटनगरको रानी जोगवनी सीमा नाकाबाट मोरङ, सुनसरी, झापा, उदयपुर सप्तरी, पाँचथर, धनकुटा, ते¥हथुम, इलाम, ताप्लेजुङ, ओखलढुंगा, नुवाकोट, भक्तपुर, खोटाङ, अर्घखाँची, संखुवासभा, दाङ, सिरहाका व्यक्तिहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये ७६ जना १८ वर्ष उमेर भन्दा माथि र ३२ जना १८ वर्ष भन्दा मुनीका छन् ।
पछिल्लो एक वर्षको अवधिमा भारतबाट दुई बालिकाको उद्धार, घरेलु हिंसाको घटनामा ५४ जना पीडित भएको मनोपरामर्शकर्ता गीताञ्जली शर्माले बताउनुभयो ।
उहाँका अनुशार सन् २०२५ मा उद्धार गरिएका १०८ जना मध्ये कामको खोजीका लागि भारत जान लागेका ४१, साथी आफन्तहरुको लहैलहैमा १९, घुम्न भनि हिँडेका एक, सामाजिक सञ्जालमार्फत प्रलोभनमा परि ११, प्रेम विवाहको प्रलोभनमा परि २१, पारिवारिक वेमेलका कारण नौ र नेटवर्किङ व्यापारको प्रलोभनमा परि छ जना रहेका छन् ।
माइती नेपालले मानव वेचविखन तथा नियन्त्रणका लागि स्थानीय तहमा मानव बेचविखन विरुद्धको समिति पनि गठन गरेको छ । जहदा गाउँपालिका, ग्रामथान गाउँपालिका, विराटनगर महागरपालिकाको वडा नं. ८, १३, १५, १६ सञ्जाल समुह गठन गरिएको शर्माले जानकारी दिनुभयो ।
पारिवारिक गरिवी, सामाजिक दवाव र डिजिटल सम्पर्क कायम रहेको कारण पुन जोखिममा पर्ने गरेको पाईएको संयोजक पोखरेलले बताउनुभयो । उहाँले सामाजिक सञ्जाल र डिजिटलको जोखिम, आत्मनिर्भर वन्ने चाप, गलत सूचना र भ्रामक सपनाहरु, पिडीतले वयान दिन नचाहने जस्ता समस्याहरु देखिने गरेको बताउनु भयो ।
मोरड जिल्लामा बढी आवत जावतमा रहेका सिमानाकाहरुमा विराटनगरको रानी जोगवनी, दरैया, इश्लामपुर, मटेरुवा, बुधनगर, आईसीपी, सिक्टी र कुवाडी रहेका छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077