ग्रीनल्याण्ड कलेजका विद्यार्थीद्धारा केमिकल रियाक्सन सम्वन्धी ‘पोष्टर प्रिजेन्टेसन’

Logo
Nav Nepal आइतबार, चैत्र २२, २०८२

विराटनगर,२२ चैत ः ग्रीनल्याण्ड कलेज विराटनगर–९ का विद्यार्थीले आज ‘पोष्टर प्रिजेन्टेसन’ गरेका छन् ।
कलेजका कक्षा १२ को विज्ञान सङ्काय अन्र्तगत रसायन शास्त्रका विद्यार्थीले अर्गानिक केमिकल रियाक्सन संवन्धि पोष्टर प्रिजेन्टेसन विद्यालय हाताभित्र सार्वजनिक गरेका छन् ।
पोष्टर प्रिजेन्टेसन कार्यक्रमबाट विद्यार्थीले एउटा अर्गानिक केमिकल अर्को अर्गानिक केमिकलमा कसरी रुपान्तरण गर्ने विषयमा समूहगत रुपमा प्रस्तुती दिएका थिए ।
कलेजका निर्देशक पवन साहले अर्गानिक केमिकल रियाक्सनको प्रस्तुतीले आउँदै गरेको कक्षा १२ को बोर्ड परीक्षामा विद्यार्थीलाई सहयोग पुग्ने बताउनुभयो ।


बोर्ड परीक्षामा अर्गानिक रियाक्सनबाट करिव ६० प्रतिशत प्रश्नहरु आउने गरेको बताउँदै उहाँले एउटा औषधिबाट अर्को औषधिमा कसरी रुपान्तरण गर्ने, एउटा विषादीबाट अर्कोमा कसरी रुपान्तरण गर्ने , औषधीहरु कसरी बनाईन्छ भन्ने कुरा विद्यार्थीले सिकेका छन् ।


आधुनिक प्रविधिहरुमा रसायनको प्रयोग हुने गरेको छ र यसको प्रयोगबारे पनि विद्यार्थीले प्रस्तुती दिएको निर्देशक साहले बताउनुभयो ।
ग्रीनल्याण्ड कलेज प्राचार्य दिनेश दाहालले पहिलो पटक आयोजना गरेको कार्यक्रम निकै प्रभावकारी भएको बताउनु भयो ।
उहाँले विद्यार्थीको प्रस्तुतीले व्यवहारिक रुपमा सिकाईलाई जोड्ने र सिकाईलाई प्रभावकारी बनाउने बताउनुभयो ।
कलेजका ११ वटा समूहमा विद्यार्थीले प्रस्तुती दिएको प्राचार्य दाहालले बताउदै प्रस्तुतीबाट उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार दिईएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077