एभरेष्टमा जेठ ४ मा कक्षा ११ का लागि प्रवेश परिक्षा हुने

Logo
Nav Nepal बुधबार, बैशाख ३०, २०८३

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजले जेठ ४ गते कक्षा ११ मा भर्नाका लागि प्रवेश परिक्षा लिने भएको हो ।

२०८२ सालको एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुका लागि एभरेष्टले कक्षा ११ मा भर्ना लिन लागेको हो । सिमित सिटमा अध्यापन गराउने एभरेष्ट कलेजले विज्ञान तथा व्यवस्थापन संकायमा गरि २ सय १० जना मात्र भर्ना गर्ने जनाएको छ ।

कलेजका अनुसार विज्ञान संकाय तर्फ १४० र व्यवस्थापन संकाय तर्फ ७० जना मात्र भर्ना लिने छ । एउटा कक्षा कोठमा ३५ जना विद्यार्थीलाई मात्र राखेर अध्यापन गराउने यस कलेजले दुवै संकायका लागि एकै दिन जेठ ४ गते विहान ११ बजेदेखि प्रवेश परिक्षा लिने भाइस प्रिन्सिपल टिएन भण्डारीले बताए।

कोशी प्रदेशकै सुविधा सम्पन्न कलेजका रुपमा स्थापित एभरेष्टले संख्या भन्दा गुणस्तर राम्रो बनाउनकै लागि सिमित सिटमा मात्र भर्ना लिने गरेको छ । विद्यालय स्तरदेखि नै बालबालिकाको सिकाईको स्तर अनुसार न्यूनतम संख्यामा मात्र राखेर अध्यापन गराउँदै आएको छ । यसैबीच २०८२ को एसईईमा एभरेष्टले उत्कृष्ट नतिजा ल्याएको छ । परिक्षा दिएका १९३ जना विद्यार्थीमा शत प्रतिशतले उत्तिर्ण गर्दा न्यूनतम ३।२५ देखि ४ जीपीए ल्याएर विद्यार्थी उत्तिर्ण भएका छन् । नतिजा अनुसार ३।६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १७६ छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १७ छ ।

एसईईको परीक्षाफल अत्यन्तै राम्रो भएको भन्दै प्रिन्सिपल टिकाराम पुरीले भने ,‘हाम्रा विद्यार्थीको सिकाई र बुझाईमा समानता छ ।’ ‘केहि विद्यार्थी धेरै राम्रो र केही धेरै कमजोर हुने अवस्था एभरेष्टमा हुदैन’ प्रिन्सिपल पुरीले भले,‘ एभरेष्ट आफैंमा एउटा स्थापित ब्राण्ड हो, सधैं आफ्नै गुणस्तरमा अघि बढ्छ ।’
एभरेष्टका विद्यार्थी २४ क्यारेट सुन जस्तै रहेको उल्लेख गर्दै उनले जस्तोसुकै परिस्थितिमा पनि एभरेष्टको नतिजामा प्रभाव नपर्ने बताए । त्यसो त एभरेष्टले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थासँग सहकार्य गर्दै अध्यापनमा नविन प्रयोग गर्दै आएको छ ।

विराटनगरबाट नै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सकिन्छ भन्दै एभरेष्टले नेपालको मात्र नभई युग सुहाउँदो शिक्षा दिनका लागि बेलायतको एनसीसी कोर्ष लागु गरेको छ । यस्तै भौतिक पूर्वाधारहरु पनि उसैगरी विश्वस्तरीय बनाउँदै लगेको छ । हरेक कक्षा कोठालाई वातानुकुलित बनाएको एभरेष्टले प्रविधिको समेत उच्चतम प्रयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077