मेरुदण्ड पक्षपात भएका १७ जना अपाङगता व्यक्ति जुत्ताचप्पल तालीममा सहभागी

Logo
Nav Nepal शुक्रबार, जेठ ०१, २०८३

 

विराटनगर, १ जेठ ः मेरुदण्ड पक्षघात भई अपाङगता व्यक्तिहरुले स्वरोजगार आर्जन गर्न आजदेखि जुत्ताचप्पल उत्पादन तालीममा सहभागी भएका छन् ।
विराटनगर महानगरपालिका,साथी फुटवेयर उद्योग विराटनगर , राष्ट्रिय अपाङग महासंघ नेपाल कोशी र सामथ्र्य समाजद्वारा आयोजित अपाङगता भएका व्यक्तिहरुद्वारा जुत्ताचप्पल उत्पादनका लागि एक महिने व्यवसायिक तालीम आजदेखि शुरु भएको छ।
एक महिने तालीममा १७ जना अपाङगता व्यक्तिहरुलाई बजारमा आएका नयाँ नयाँ डिजाइनका जुत्ता चप्पल निर्माण सम्बन्धी तालीममा दिइने छ ।
अपाङगता व्यक्तिलाई तालीम प्रदान गरी दक्ष बनाइ रोजगार बनाउन तालीमको उद्देश्य रहेको छ ।
अपाङगता व्यक्ति विगतमा सीमावर्ती भारतीय बजारवाट समान ल्याइ विराटनगर लगायतका वजारमा विक्री गरी हातमुख जोर्ने कार्य गरिरहेका थिए ।
अहिलेको अवस्थामा सरकारद्वारा रु एक सय भन्दा वढीका सामान भारतबाट ल्याउदा राजश्व दिनुपर्ने नियमले समस्या भएकोले आफै स्वरोजगार आर्जन गर्न तालीम सञ्चालन गर्न लागेको साथी फुटवेयरका अध्यक्ष संजय दर्नालले बताउनु भयो ।


अपाङगता व्यक्तिहरुलाई बजारको ज्ञान भएकाले उत्पादिन सामाग्री बजारीकरणको कुनै समस्या नरहेको अपाङग संघका सरोज नेपालीले जानकारी दिनुभयो ।
सो अवसरमा महासंघ कोशीका सचिव गोपालमान थापा,सामथ्र्यका अध्यक्ष चेतनाथ पोखरेल,सञ्चारकर्मीहरु नवराज कट्टेल,इन्दिरा भट्टराई , नवीन कर्ण,प्रशिक्षकहरु मालती आचार्य र मुना खडका लगायतले तालीमले अपाङगता भएका व्यक्तिलाई स्वरोजगार प्राप्त भई समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरेका छन्।
उहाँले आगामी दिन तालीमका सहभागीहरुलाई बीउ पूँजीको समेत व्यवस्था गर्ने आश्वासन दिनु भयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077