नेपाललाई सन् २०२७ सम्ममा ग्रे लिष्टबाट निकाल्ने लक्ष्यले कार्य भइरहेको –गभर्नर –प्राडा पौडेल

Logo
Nav Nepal मंगलबार, जेठ १९, २०८३

 

विराटनगर ,१९ जेठ ः नेपाल राष्ट्र बैकका गभर्नर प्राडा विश्वनाथ पौडलले नेपाल सन् २०२७ सम्ममा फाइनान्सियल एक्सन टास्क फोर्सको ’ग्रे लिस्ट’ बाट बाहिर निस्कने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ।
नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीद्वारा आजदेखि प्रदेश प्रहरी कार्यालय विराटनगरमा शुरु भएको पाँच दिने ‘सम्पत्ति सुद्धिकरण, आतंककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वीतिय लगानी समन्बधी अनुशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले यसका लागि नेपालले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा अझ थप प्रयासहरू गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।
गभर्नर प्राडा पौडेलले वित्तीय अपराधको प्रभावकारी अनुसन्धानका लागि वित्तीय गुप्तचरी र नविनतम प्रविधिको उच्चतम प्रयोग गरी अपराधलाई नियन्त्रण गर्नु आवश्यक भएको विचार राख्नुभयो ।

उहाँले अनुसन्धानमा सङ्लग्न अधिकारीहरूको क्षमता अभिवृद्धि गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध अनुसन्धान गर्ने मुख्य निकाय नेपाल प्रहरीसँग निरन्तर समन्वय, सहकार्य र छलफल गरि कार्य गर्दै आएको बताउनुभयो ।
गभर्नर प्राडा पौडेलले हाल नेपालमा वित्तीय अपराधहरूमा नयाँ–नयाँ प्रविधिको प्रयोग र सम्पत्ति शुद्धीकरणका नयाँ तौरतरिकाहरू देखा परिरहेका चर्चा गर्दै यस जटिलतालाई चिर्न अनुसन्धानमा सङलग्न सबै निकाय र जनशक्तिको क्षमता विकास गरी वित्तीय अपराध नियन्त्रण सहकार्य हुने धारणा राख्नुभयो ।
उहाँले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण विरुद्धको अनुसन्धानलाई बलियो बनाई नेपाललाई अन्तर्राष्ट्रिय ’ग्रे लिस्ट’ बाट बचाउन नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी बीचको व्यावसायिक सहकार्य, प्रविधिको उच्चतम प्रयोग र अनुसन्धान अधिकृतहरूको क्षमता विकास गरी अपराध नियन्त्रण गर्नु रहेको छ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्पत्ति सुद्धिकरण समबन्धी अनुसन्ध मुद्दा २२,प्रतिवादी पक्राउ ३५ जना र रु एक अर्व ४५ करोड ६४ लाखको सम्पत्ति रोक्का गरेको जानकारी दिनु भयो ।
उहाँले अभिमुखीकरणले प्रशिक्षार्थीलाई व्यवहारिक दक्षताप्राप्त भई फाइनान्सियल एक्सन टास्क फोर्सको सिफारिश अनुसार अनुसन्धमान क्षमताको विकासमा उल्लेख्य योगदान पुग्ने धारणा राख्नु भयो ।
नेपाल राष्ट्र बैकका कार्यकारी निर्दशक गुरुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी जस्ता गम्भीर प्रकृतिका वित्तीय अपराधहरूलाई सूक्ष्म रूपमा अनुसन्धान र नियन्त्रण गर्ने विषयमा प्रशिक्षण फलदायी हुने धारणा राख्नुभयो ।
नेपाल प्रहरी अपराध अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्द मरासीनी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले मुुलुकमा पछिल्लो समय बढ्दै गएको डिजिटल तथा वित्तीय अपराधहरूलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको अनुसन्धान पद्दति अपनाउन यो अभिमुखीकरण कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भयो ।
तालीममा प्रदेशका १४ जिल्ला जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको छ।
यस प्रकारका तालीम सात प्रदेश गर्ने सोही अवसरमा जानकारी दिइयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077