विराटनगरमा ‘गीत–नादः मैथिली लोकगीत ’ प्रतियोगिता हुने

Logo
Nav Nepal बुधबार, जेठ २०, २०८३

विराटनगर ,२० जेठ ः मैथली विकास अभियान विराटनगरले मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’ आयोजना हुने भएको छ।
आधुनिकताको बढ्दो प्रभावका कारण लोप हुने अवस्थामा पुगेका मैथिली समुदायका विवाह तथा अन्य संस्कारमा गाइने मौलिक लोकगीतहरूलाई संरक्षण र सम्वद्र्धन गर्न यस पटक ‘गीत–नाद’ प्रतियोगिता यही जेठ ३० गते आयोजना गर्ने संस्थाका अध्यक्ष नवीन कर्णले जानकारी दिनु भयो ।
प्रतियोगितामा विराटनगर महानगरपालिका सहित आसपासका विभिन्न पालिकामा मैथली गीत गाउने महिला समूहहरूलाई यस कार्यक्रममा सहभागिता रहने छ । प्रतियोगिताका लागि हालसम्म ३० समूहले सहभागीता हुने जनाएका छन् ।
प्रतियोगितामा महिलाहरुको समूहले मात्र भाग लिने व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष कर्णले बताउनुभयो ।
अभियानले विगतमा ‘झुमैत मिथिला, गाबैत मिथिला’ जस्ता साङ्गीतिक कार्यक्रम, दीपोत्सव तथा मैथिल महिलाहरूको सहभागितामा जानकी नवमी भव्य रूपमा सम्पन्न गरिसकेको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077