विराटनगरको मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, डा ज्ञानेन्द्र गिरीसहित अनुभवी चिकित्सक थपिए

Logo
Nav Nepal सोमबार, आषाढ १५, २०८३

 

विराटनगर . विराटनगर–९ स्थित मेट्रो न्यूरो ट्रमा अस्पतालमा तीन जना अनुभवी विशेषज्ञ चिकित्सक आबद्ध भएका छन् । अस्पतालले सोमबार एक कार्यक्रम आयोजना गरी नयाँ चिकित्सक टोलीलाई स्वागत गर्दै नियमित सेवा सुरु गरेको हो ।

अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा ज्ञानेन्द्र गिरी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा= प्रदीप कुमार गुप्ता र छालारोग तथा सौन्दर्य विशेषज्ञ डा अभिनारायण घिमिरेले सेवा सुरु गरेका हुन् ।

नयाँ भित्रिएका चिकित्सकहरूमध्ये डा गिरी कोशी प्रदेशकै पहिलो मुटुरोग विशेषज्ञ हुन् । उनले भारतको एम्स दिल्लीबाट एमडी तथा अमेरिकाको कोलोराडो विश्वविद्यालयबाट कार्डियोलोजीमा फेलोसिप गरेका छन् । विगत ४५ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय डा गिरीसँगै ट्रमा र आर्थ्रोप्लास्टी सर्जरीमा २५ वर्षको अनुभव बटुलेका डा. गुप्ता र आधुनिक छालारोग उपचारमा दख्खल राख्ने डा= घिमिरेको आगमनले अस्पतालको सेवा थप सुदृढ हुने विश्वास गरिएको छ ।

अस्पतालका उपाध्यक्ष गोविन्द लुइटेलले अनुभवी चिकित्सकहरूको आबद्धतापछि सेवाग्राहीले अझ भरपर्दो र विश्वस्तरीय उपचार पाउने बताए ।

हामीले न्यूनतम शुल्कमा आधुनिक प्रविधिमार्फत सेवा दिँदै आएका छौँ, विशेषज्ञ चिकित्सकहरूको थपसँगै यसमा अझ गुणस्तर थपिएको छ, लुइटेलले भने । चिकित्सक स्वागतकै अवसरमा अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ठूलो संख्यामा बिरामीहरूको सहभागिता थियो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डागिरीले टिमवर्कका माध्यमबाट बिरामीलाई गुणस्तरीय र सुलभ सेवा प्रदान गर्न आफूहरू केन्द्रित हुने बताए । उनले भने, …हाम्रो मुख्य उद्देश्य नै बिरामीलाई स्तरीय सेवा दिएर उनीहरूको विश्वास जित्नु हो ।

हाल यस अस्पतालमा २४सै घण्टा न्यूरो सर्जरी, हाडजोर्नी, नाक–कान–घाँटी, दन्त तथा मुख, जनरल तथा ल्याप्रोस्कोपिक, भास्कुलर र प्लास्टिक सर्जरी सेवा उपलब्ध छ ।

अस्पतालले भ्यान्टिलेटरसहितको न्यूरो आइसीयू, एनआइसीयू र प्रसूति सेवासमेत सञ्चालन गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077