विराटनगर, ४ असार ः भारतको कोलकाताबाट विराटनगर कार्गो रेल मार्फत ढुवानी गरिएको औद्योगिक कच्चा पदार्थ बोकेको रेल आज एकीकृत जाँच चौकी विराटनगरमा आइपुगेको छ।
उक्त कार्गो रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी,उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका छन् ।
नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर–१८ वुधनगर भेडियारी स्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो ।
स्वास्तिक आयलले खानेतेल उपत्पादनका लागि मगाएका औद्योगिक कच्चा पदार्थ यहि साउन १ गते कोलकाता बन्दरगाहदेखि विराटनगरका हिडेको कार्गो रेल आज विराटनगर आइपुगेको हो ।
उक्त कार्गो रेलमा ४० कन्टेनर खानेतेल उत्पादन गर्ने दाना रहेको विराटनगर भन्सार कार्यालय का प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड अधिकारीहरूले संयुक्त रूपमा उक्त कार्गो रेलको विदाइ गर्नु भएको थियो ।
विराटनगर आइपुगेको यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आउँदा एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर पठाउन सकिने छ नेपाली वाणिज्य दुतावास कलकत्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो र न्यून लागत हुनुका साथै करिब २४ घण्टाको समय अवधिमा विराटनगर पुग्ने भएकाले यसबाट आयात सहज हुनेछ व्यावारीहरुको बताउनुभएको छ।
विगतमा वीरगञ्जमा मात्र उपलब्ध यस्तो रेल कार्गो सुविधा अब विराटनगरमा समेत सञ्चालन कन्टेनर र बल्क कार्गो नियमित रूपमा व्यावसायिक ढुवानी गर्ने बाटो खुलेको छ ।
यस व्यवस्थाबाट बन्दरगाहमा नेपाली आयातकर्ताले बेहोर्नुपर्ने विलम्ब शुल्क ,कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार कम भई पारवहन लागतमा उल्लेखनीय न्यूनीकरण हुने विश्वास लिइएको छ ।
यसले व्यापार सहजीकरणमा मद्दत पुग्नुका साथै नेपाली उद्योगहरूको प्रतिस्पर्धी क्षमता बलियो बनाउने महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि विराटनगरमा कार्गो रेल विस २०८० जेठ १८ गते आएको थियो । –––