जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार-थपलियालाई

Logo
Nav Nepal सोमबार, साउन १८, २०८३

विराटनगर १५ साउन । विराटनगरका पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले नगद १५ हजार ५५० रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा मन्त्री लिङ्थेपले लोकतान्त्रिक समाजको सुदृढीकरण र सामाजिक रूपान्तरणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी रहने बताउनुभयो । बदलिँदो सूचना प्रवाह र चुनौतीपूर्ण परिस्थितिमा पत्रकारिताले अझ जिम्मेवार, तथ्यपरक र विश्वसनीय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड  दिनुभयो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस युनियनका केन्द्रीय सदस्य लीलाबल्लभ घिमिरे, कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077