मनमोहन विश्वविद्यालयको बार्षिक उत्वसमा   विद्यार्थीलाई छात्रबृत्ती 

Logo
Nav Nepal शनिबार, आश्विन १७, २०८३

बुढीगंगा , १६ असोज

मनमोहन प्राविधिक विश्वविद्यालयको बर्षिक उत्वसको अवसरमा स्कुल अफ ईन्जिनियरिङले     विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेको छ ।

विश्वविद्यालयको सातौ बार्षिक उत्सवको अवसरमा शुक्रबार बुढीगंगा ४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा सभिल ईन्जिनियरिङ स्नताक तह प्रथम सेस्टरका  विभिन्न ८ जना विद्यार्थीहरुलाई छात्रबृत्ती वितरण गरेको हो ।

जनही ७१ ह्जार १७५ रुपैयाको छात्रबृत्ती पाउने विद्यार्थीहरुमा सिभिल ईन्जिनियरिङतर्फ   प्रेरणाकुमारी यादव र ईलेक्ट्रिकल ईन्जिनियरिङतर्फ  सुयोग भण्डारी छ ।

यसैगरि सिभिल ईन्जिनियरिङ तर्फका आयुष्मा राई , विप्लव चौधरी जानका गिरी र नितिनकुमार कर्णले जनही २८ हजार ८५० रुपैयाको सहुलित छात्रबृत्ती प्राप्त गरेर । यसैगरि ईलेक्ट्रिकल ईन्जिनियरिङतर्फका विपेन निरौला र अपेक्षा चौधरीले पनि जनहरी २८ हजार ८५० रुपैयाको सहुलित छात्रबृत्ती प्राप्त गरे ।

सबै विद्यार्थीहरुलाई विश्वविद्यालयका रजिष्टार डा किशोर अधिकारी र स्कुल अफ ईन्जिनियरिङको डीन डा रेखा श्रेष्ठले सम्मान सहित नगद छात्रबृत्ती प्रदान गरेका थिए ।

१६ असार २०७६ मा कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालले विभिन्न संकायमा अध्यन गर्ने विद्यार्थीहरुलाई हरेक बर्ष जेहेन्दार सहुलियत र शमावेशी छात्रबृत्ती वितरण गर्दै आएको छ ।

सातौ बार्षिकोत्सवको अवसरमा विद्यार्थी , शिक्षक र पदाधिकारीले शुक्रबार विश्वविद्यालय परिसरमा दिपप्रज्वलन गरेर शुभकामना आदानप्रदान पनि गरेका थिए ।

उपकुलपति कार्यलयमा बृक्षारोपण

मनमोहन प्राविधिक विश्वविद्यालको उपकुलपतिको कार्यालयले सातौ बर्षिक उत्सवको अवसरमा बृक्षारोपण गरेको छ । उपकुलपति डा सुवाश्री पोखरेल , विश्वविद्यालयका संरक्षण समिति सदस्य सत्यनारायण चौधरी , मनमोहन ईन्स्टिच्युट अफ लका प्राचार्य कोषराज न्यौपाने लगायतले उपकुलपति कार्यालयको सौन्दर्यकरण बढाउन सामुहिक वृक्षारोपण गरेका थिए ।

उपकुलपति डा पोखरेलले विश्वविद्यालयका संकायहरुले आआफनो ढंगले सातौ बार्षिक उत्सव मनाइरहेको र आगामी बर्ष अझै व्यवस्थित गरेर भव्य रुपले एकैठाउँमा मनाउने बताए ।

‘स्कुल अफ इन्जिनियरिङ’ , ‘स्कुल अफ एप्लाइड साइन्स टेक्नोलोजी एन्ड ल’ अनि ‘स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेस’ गरि तीनवटा स्कुल रहेको देशकै पहिलो मनमोहन प्राविविधिक विश्वविद्यालयमा हाल स्नातक र स्नाकोत्तर तहमा सिभिल र ईलेक्ट्रिक ईन्जिनियरिङ, कानुततर्फ स्नातक बिबिए एलएलबी र अपराध स्नातोकोत्तर तहको     एलएलएम अनि  स्नातोकोत्तर तहमा हस्पिटल म्यानेजमेन्ट पठाइहुदै आएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077