विराटनगरमा आजदेखि ‘समर लभ’ को मञ्चन

Logo
Nav Nepal शनिबार, आश्विन १७, २०८३

विराटनगर १७ असोज । सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ विराटनगरमा आजदेखि मञ्चन सुरु भएको छ।

कान्तिपुर थिएटरको प्रस्तुति रहेको नाटक विराटनगरस्थित वीरेन्द्र सभागृहमा मञ्चन भइरहेको हो।

दुई दिनसम्म सञ्चालन हुने नाटकका लागि छ वटा शो तय गरिएको छ। नाटक बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे मञ्चन हुनेछ।

करिब १ घण्टा ५० मिनेट लामो नाटकमा प्रेम, समय, दूरी र सम्झनाबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ।

नाटकमा अतित शर्माको भूमिकामा सागर खनाल र सायाको भूमिकामा वास्ना तिम्सिना मुख्य भूमिकामा छन्।
नाटकको लेखन अर्पण थापाले गरेका हुन् भने निर्देशन सम्राट भुजेलको रहेको छ।
निर्देशक भुजेलले ‘समर लभ’लाई प्रेम, समय, दूरी र सम्झनाबीचको भावनात्मक यात्राका रूपमा प्रस्तुत गरिएको बताउनुभयो।

उपन्यासका लेखक सुविन भट्टराईले ‘समर लभ’ यसअघि काठमाडौंमा मात्रै केन्द्रित रहेकोमा पहिलोपटक विराटनगर ल्याइएको बताउनुभयो। काठमाडौंले दिएको जस्तै माया विराटनगरबाट पनि पाउनेमा आफूहरू आशावादी रहेको उहाको भनाइ छ।

विराटनगरमा भएको पहिलो शोमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको थियो। विशेषगरी युवायुवतीको उल्लेख्य सहभागिता रहेको थियो। उपन्यास पढेका दर्शकसँगै नयाँ पुस्तामा समेत नाटकप्रति चासो देखिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077