शंकास्पद बिल भएको जिन्क ऐस लोड गरिएको ट्रक नियन्त्रणमा

Logo
Nav Nepal बिहिबार, कार्तिक २७, २०८३

बिराटनगर ,२५ कात्तिक ।मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा शंकास्पद बिल बिजकसहित जिन्क ऐस (Zinc Ash) लोड गरिएको ट्रक सशस्त्र प्रहरीले आज नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर मोरङको टोलीले विशेष सूचनाका आधारमा उर्लाबारीस्थित चिनियाँ कम्पनी COVEC-CREGC-TUNDI JV बाट १३ हजार ९० केजी जिन्क ऐस लोड गरी सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १३४८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकको चेकजाँच गर्दा बिलमा उल्लेख भएको सामानको मूल्य र वास्तविक मूल्यांकनबीच रु १४ लाख फरक देखिएको गण हेडक्वार्टरले जनाएको छ ।

ट्रकमा ढुवानीकर्ता र क्रेताको विवरण पनि बिलअनुसार फरक–फरक देखिएको सशस्त्र प्रहरीले उल्लेख गरेको छ ।

राजस्व छली भएको हुन सक्ने आशंकामा ट्रकलाई जिन्क ऐससहित नम्बर ३ गण मोरङमा ल्याई राखिएको छ ।
आवश्यक अनुसन्धान तथा अन्य कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय दमकमा पत्राचार गरिएको गण हेडक्वार्टरले जनाएको छ ।—

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077