विराटनगरमा छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई भक्तिपूर्वक मनाइयो

Logo
Nav Nepal आइतबार, कार्तिक ३०, २०८३

विराटनगर , २९ कात्तिक । विराटनगरमा आज अस्थाउँदलो सूर्यलाई अर्घ लिई छठ पर्व विशेष श्रद्धा र भक्तिपूर्वक मनाइएको छ ।
चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज व्रतालुले विराटनगरका विभिन्न स्थानमा रहेको नदी, पोखरी र नहर किनारामा विशेष सजाइएको घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् ।


कात्तिक शुक्ल चर्तुर्थीदेखि सुरु भएको छठ पर्वको पहिलो दिन नहाय खाए र दोस्रो दिन खरना रहेको छको छ भने आज तेस्रो दिन निर्जला व्रत वसी साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।
छठका अवसरमा व्रतालुले छठी भगवानलाई बाँसका ढाकी र नाङ्लोमा ठेकुवा, भुसुवा, फलफूल, उखु, नरिवललगायत पूजा सामग्री राखेर नदी तथा नहरको घाटमा अस्ताउदो सूर्यलाई अर्पण गर्दछन् ।
छठ पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन हुने छ।

परिवारका सदस्य तथा आफन्तजनको सहभागितामा सूर्यदेव र छठी माताको पूजा आराधना गरिन्छ ।
छठ पर्वले परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यका साथै सामाजिक सदभाव काययम गर्ने कामना गर्ने धार्मिक परम्परा छ ।

कोशी प्रदेश सरकारले विगतदेखि छठ पर्वको सममापनको दिन सार्वजनिक विदा दिदै आएकोमा यस वर्ष संघीय सरकारले समेत सार्वजनिक बिदा दिने घोषणा गरेको छ।


यस पर्वले समाजमा पारिवारिक एकता र सामाजिक सद्भाव सन्देश दिने गरेको छ ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की समेत विराटनगर ६ स्थित नहरमा अस्ताउँदो सूर्यलाई अर्घ दिनु भएको छ। –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077