उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व भक्तिपूर्वक सम्पन्न

Logo
Nav Nepal सोमबार, मंसिर ०१, २०८३

विराटनगर , ३० कात्तिक । उदाउँदोे सूर्यलाई अर्घ लिई छठ पर्व श्रद्धा एवं भक्तिपूर्वक आज सम्पन्न भएको छ ।
चार दिनसम्म मनाइने यस पर्वको आज चौथो दिन व्रतालुले विराटनगरका विभिन्न स्थानमा रहेको नदी, पोखरी र नहर किनारामा विशेष सजाइएको घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गरि पर्व सम्पन्न गरेका छन् ।
कात्तिक शुक्ल चर्तुर्थीदेखि सुरु भएको छठ पर्वको पहिलो दिन नहाय खाए र दोस्रो दिन खरना ,तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ तथा आज चौथो दिन उदाँउदो सूर्यलाई अर्घ सम्पन्न भएको छ।


छठका अवसरमा व्रतालुले छठी भगवानलाई बाँसका ढाकी र नाङ्लोमा ठेकुवा, भुसुवा, फलफूल, उखु, नरिवललगायत पूजा सामग्री राखेर नदी तथा नहरको घाटमा अस्ताउदो सूर्यलाई अर्पण गर्दछन् ।
परिवारका सदस्य तथा आफन्तजनको सहभागितामा सूर्यदेव र छठी माताको पूजा आराधना गरिन्छ ।
छठ पर्वले परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यका साथै सामाजिक सदभाव काययम गर्ने कामना गर्ने धार्मिक परम्परा छ ।

कोशी प्रदेश सरकारले विगतदेखि छठ पर्वको सममापनको दिन सार्वजनिक विदा दिदै आएकोमा यस वर्ष संघीय सरकारले समेत आज सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
यस पर्वले समाजमा पारिवारिक एकता र सामाजिक सद्भाव सन्देश दिने गरेको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077