कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार– चार मन्त्री र दुई राज्यमन्त्री थप

Logo
Nav Nepal शनिबार, माघ २७, २०८०

मोरङ,२६ माघ ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार जनामन्त्री र दुई राज्यमन्त्री गरी छ जना थप गरि आज मन्त्रिमण्डल विस्तार गर्नु भएको छ ।
प्रदेशका नव नियुक्त मन्त्रीहरुमा स्वास्थ्य मन्त्रीमा प्रदीपकुमार सुनुवार , सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री , खानेपानी, सिंचाई तथा उर्जा मन्त्रीमा नारायणबहादुर मगर हुनुहुन्छ ।
यसैगरी राज्यमन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा सुनिताकुमारी गुरुङ रहनु भएको छ।
प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्री कार्कीको विस २०८० माघ २६ गतेको सिफारिशमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रीहरु सुनवार, कार्की, खत्री र मगरलाई आज साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीहरु थापा र गुरुङलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
समारोहमा प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सभाका सदस्यहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख, मन्त्रालयका सचिवहरु,कर्मचारीहरु विभिन्न राजनैतिक दलका कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077