प्रदेश प्रमुख खापुङ्ग – सात स्रष्टाहरुलाई सम्मान

Logo
Nav Nepal शनिबार, माघ २७, २०८०

विराटनगर,२७ माघ ः चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आफ्नो २९ औं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्रलाई विभिन्न विधामा योगदान गर्ने सात जना स्रष्टाहरुलाई आज यहाँ नगद सहित सम्मान गरेको छ ।
यसरी रु एक लाखको साहित्यतर्फ प्राडा दयाराम श्रेष्ठ(काठमाण्डौ),रु ५० हजारको सनातन मानवीय धर्म–संस्कृतितर्फ ताराबहादुर बुढाथोकी( सङ्खुवासभा),रु ५० हजारको समाजसेवा तर्फ कल्पना भट्ट(धनगढी), रु ५० हजारको पत्रकारितातर्फ शशी बजगाई(सुनसरी), रु ५० हजारको बालप्रतिभा पुरस्कार आयुष केसी(भक्तपुर), रु ५० हजारको युवा प्रतिभा पुरस्कार खेलाडी ललित राजवंशी( मोरङ) र रु ५० हजारको ललितकला पुरस्कार गणेश रसिकलाई प्रदान गरिएको छ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार वितरण गर्दै मुलुकको जनसङ्ख्या घटिरहेकोमा चिन्ता व्यक्त्त गर्दै यस कार्यका अन्त्यका लागि लागि स्रष्टाहरुले आफ्नो क्षेत्रबाट लाग्न आग्रह गर्नु भयो ।
उहाँले युवाहरुले आफ्नो विविध प्रतिभाको माध्यमले विदेशमा नेपालको नाम चिनाउनु पर्ने सुझाव दिदै तर स्वदेश नछाड्न समेत आग्रह गर्नु भयो ।
प्रदेश प्रमुख खापुङ्गले राष्ट्रिय एकता कायम गर्ने ,मुलुक समृद्ध बनाउने र सामाजिक सद्भाव कायम गर्ने कार्यमा हामीसबै लाग्नु पर्नेमा जोड दिनु भयो ।
‘समाजमा चेतनाको संरक्षण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको’ उहाँले भन्नु भयो ।
प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले समाजलाई चेतनशील बनाउने उद्देश्यले प्रतिष्ठानको स्थापना गरेको जानकारी दिनु भयो ।
सम्मानित स्रष्टाहरु प्राज्ञ रसिक, प्राडा श्रेष्ठ, वुढाथोकी, भट्ट , केसीले प्रदेश सरकारसँग आगामी दिन विराटनगरमा दक्षिण एशियाली संस्कृतिक सम्मेलन गर्नका लागि सहयोगको आग्रह गर्नु भयो ।(फोटो उपलव्ध छ)–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077