कृषिको आधुनिकरण गरी उत्पादन वृद्धि गर्नुपर्छ– नेकां प्रवक्ता डा महत

Logo
Nav Nepal मंगलबार, भाद्र १८, २०८१

विराटनगर,१८ भदौ ः नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले कृषिमा आधुनिकरण गरी उत्पादन वृद्धि गर्नु पर्ने बताउनु भएको छ।
वीपी चिन्तन प्रतिष्ठान कोशी प्रदेशद्वारा आज यहाँ आयोजित नेपालमा कृषि क्रान्तिः सम्भावना र चनौती विषयक विचार गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषिमा आश्रित रहेका दुई तिहाई जनतालाई उद्योग, व्यवसायमा वैकल्पिक रोजगारीको व्यवस्था गरी थोरै जनतालाई प्रविधिको प्रयोग गरी कृषि उत्पादन वृद्धि गरी कृषि क्रान्ति गर्न सकिने विचार राख्नु भयो ।
पूर्वमन्त्री डा महतले विदेशबाट शीप सिकेर फर्केका युवाहरुलाई तराई पहाडमा सामुहिक खेती मार्फत उत्पादनको आधारमा अनुदान उपलव्ध गराउनु पर्ने सुझाव समेत दिनु भयो ।
उहाँले कृषिमा आत्मनिर्भर हुन स्वदेशी किसानलाई प्रोत्साहन गर्न आयात गर्ने कृषि उत्पादनमा अतिरिक्त भन्सार महसुल लगाउनु पर्ने आवश्यक्ता रहेको विचार राख्नु भयो ।
फरक प्रसङ्गमा नेकां प्रवक्ता डा महतले राजनीतिक स्थायीत्व कायम राख्न अहिलेको समानुपाति प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचनमा लग्ने गरी संविधान संशोधन गर्नुपर्ने धारणा राख्नु भयो ।
प्रदेश सभा सदस्य भीम पराजुली र डोल्मा तामाङले तीन तहको सरकारले पालिकास्तरमा शित भण्डार निर्माण गरेमा कृषकले कृषि उत्पादन वुद्धि गर्नुका साथै उपजको उचित मूल्य पाउने विचार राख्नु भयो ।
प्रतिष्ठानका प्रदेश अध्यक्ष अनिलकृष्ण प्रसाई,सह अध्यक्ष पुष्पराज पराजुली,नेकां प्रदेश सहमहामन्त्री प्रमिला गच्छदार लगायतले कृषकलाई कृषि उत्पादन प्रशोधनमा विद्युतमा छुट दिनु पर्ने सुझाव दिएका छन् –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077