मुलुकको प्रगतिको लागि भ्रष्टाचार दुष्मन भएको – मुख्यमन्त्री कार्की

Logo
Nav Nepal सोमबार, भाद्र २४, २०८१

विराटनगर, २४ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुुलुकको प्रगतिको लागि भ्रष्टाचार दुष्मन भएको बताउनु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाण्डौंद्वारा आज यहाँ आयोजित भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना –२०८१ का सम्वन्धमा अन्तरक्रिया तथा कार्यक्रमको उद्घाटन गर्दै उहाँले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचारलाई शुन्य प्रतिशत सहनशिलताको स्थानमा पु¥याउनु पर्छ भन्दै यसका लागि राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकाय लगायत सबैले प्रतिवद्धता व्यक्त गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो ।
उहाँले प्रदेशमा भ्रष्टाचार विरुद्धको रणनीति बनाउन आवश्यक छलफल एवं कार्य शुरु गर्ने जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले भ्रष्टाचार विरुद्धको काम कारवाहीलाई नियन्त्रण गर्न विधि बनाएर प्रतिवद्धता सहित कार्य गरेमा उल्लेखनीय सफलता हासिल गर्ने सकिने विचार राख्नु भयो ।
उहाँले भन्नु भयो,‘ अन्तराष्ट्रिय स्तरमा मुलुकको अनुहार उज्यालो बनाउन भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकोले यस कार्यका लागि हामीसबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने पर्छ’ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव फणिन्द्र गौतम, कार्यालयका सह सचिव राजेन्द्र थापा, उपसचिव ओम प्रकाश पराजुलीले भ्रष्टाचारको जोखिम पहिचान गरि निगरानी गर्नुपर्ने, प्रदेश र स्थानीय निकायमा भ्रष्टाचार विरुद्धको कार्यनीति बनाएर कार्यान्वयन गरे नियन्त्रणमा सहयोग पुग्ने विचार राख्नु भयो ।
कार्यक्रममा प्रदेश सभाका सदस्य, स्थानीय पालिकाका प्रमुख एवं उपप्रमुख ,मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीहरु, प्रदेश सभा सचिवालयका कर्मचारी,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो |
.

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077