विराटनगर महानगरको स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि

Logo
Nav Nepal बुधबार, आश्विन ०९, २०८१

 

विराटनगर,९ असोज ः कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ ।

मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर पाँचौ स्थानमा पर्न सफल भएको छ ।
स्वास्थ्य कार्यालय मोरङका अनुसार अघिल्लो आर्थिक वर्षको वार्षिक समीक्षामा विराटनगर महानगर १६ औं स्थानमा थियो ।

समीक्षा गरिएको आर्थिक वर्षका आधारमा धनपालथान गाउँपालिका, रतुवामाई नगरपालिका, बेलबारी नगरपालिका र कटहरी गाउँपालिका क्रमशः १,२,३ र ४ स्थानमा रहेका छन् ।

पछिल्लो ६ महिनामा गरेको कार्यप्रगतिका कारण महानगरले महत्वपूर्ण उपलब्धि हासिल गरेको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले बताउनभयो ।
‘अघिल्लो आर्थिक वर्षभन्दा हामी निकै राम्रो अवस्थामा आइपुगेका छौँ,’ उहाँले भत्रुभयो, ‘हामीले आगामी दिनमा केही मेहेनत थप्यौँ भने अझै राम्रो गर्न सक्छौँ ।
महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको निरन्तरको मार्गनिर्देशनले यो उपलब्धि पाएको भत्रे हामीलाई लाग्दछ ।’

एकदेखि चारसम्म पर्ने पालिका र विराटनगरबीचको अङ्क धेरै फरक नभएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो ।

विभित्र स्वास्थ्यका सूचकहरूबाट मूल्याङ्कनका आधारमा स्थान तय गरिन्छ । जसमा महानगरपालिको सो स्थान हासिल गरेको छ ।
महानगरपालिका जन स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले आगामी वर्षमा हामी सर्वोत्कृष्ट हुने गरी काम प्रारम्भ गरेको जानकारी दिनुभयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077