राष्ट्रिय समाचार समिति(रासस)
मोरङ,१३ असोज ः ‘ काम गरौं,मुटु बचार्औँ’ नाराका साथ विश्व मुटु दिवस–२०८१ को उपलक्ष्यमा आज यहाँ जन चेतनमुलक प्रभातफेरीको आयोजना गरियो ।
ग्लेनमार्क फर्मासुटिकलद्वारा विराटनगरको कोशी अस्पतालको परिसरबाट निस्किएको प्रभातफेरीले हस्पिटल चोक,कालिमन्दिर चोक, जैनमन्दिर चोक, डिएसपी रोड चोक, गोल्छा मोड, डाँफे चोक,रङ्गशाला हुँदै पुनः अस्पतालमा पुगी कोण सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि उद्योगका प्रतिनिधि, औषधि बिक्री प्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य सेवामा आवद्धहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा डा दिपक सिग्देल, डा उत्तर मैनाली,डा लक्ष्मी नारायण यादव, ग्लेनमार्कका निरजकुमार कर्ण र अन्जेस साहले मुटु रोगबाट हुने मृत्युलाई न्यूनिकरण गर्न हरिया सागसव्जी, दैनिक व्यायाम र समय समयमा चिकित्सकसँग चेकजाँच गर्न नागरिकहरुमा जनचेतना जगाउन दिवस मनाउँदै आएको बताएका छन् ।
धुम्रपान, मदिरा, गुलिया तथा चिल्लो पदार्थको त्याग र नुनको मात्रा कम प्रयोग गरेमा मुटु रोगबाट बच्न सकिन्छ ।
यो रोग लाग्न नदिन दैनिक शारिरीक परिश्रम र व्यायाम र नियमित रक्तचापको परिक्षण गर्नुपर्ने आवश्यक्ता रहेको छ।
नेपाल सरकारले मुट रोग लागेका दीर्घगीलाई रु एक लाख उपचार सेवा निःशुल्क गरेको छ भने ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था रहेको छ।