राससको वार्षिकोत्सव समारोह–उत्कृष्ट जिल्ला समाचारदाता दाहाल पुरस्कृत

Logo
Nav Nepal आइतबार, फाल्गुण ०६, २०८०

विराटनगर,६ फागुन ः राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा मोरङका जिल्ला समाचारदाता मनोज दाहाल उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुनु भएको छ ।सो पुरस्कारको राशि रु २० हजार छ ।
कोशी प्रदेशका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले राष्ट्रिय समाचार समिति(रासस)ले यस प्रदेशमा बोलिने राष्ट्रिय भाषामा समाचार प्रकाशन गर्नु पर्ने आवश्यक्ता औल्याउनु भएको छ।
राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक’ तथा शुभकामना आदानप्रदान समारोहमा पुरस्कृत समाचारदातालाई पुरस्कार तथा कार्यक्रमको उद्घाटन गदै उहाँले सो कुरा बताउनु भएको हो ।
राज्यमन्त्री गुरुङले प्रदेशमा धेरै मानिसले बोलिने थप मातृ भाषाको समाचार प्रशारणमा प्रदेश सरकारले सहयोग उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।
उहाँले जनताका समस्या सरकारलाई र सरकारका सेवा र सूचना जनतासमक्ष पु¥याउने राससले पुलको काम गरेको भन्दै पिछडिएका एवं गरिबी रेखा मुनिरहेका नागरिकको समाचारलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो ।
राज्यमन्त्री गुरुङले प्रदेश सभामा सदस्यहरुले उठाएका जनताका मुद्दाहरु राससले प्राथमिकताकासाथ सम्प्रेषण गरिरहेको बताउँदै सङ्घीयता कार्यान्वयन एवं मुलुकको विकास र समृद्धिमा राससले महत्वपूर्ण भूमिका निर्वाह गरिहेको चर्चा गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष बिक्रम लुइटेलले राससले सम्प्रेषण गर्ने समाचारबाट राज्य र जनता दुबैलाई फायदा भइरहेको बताउनुभयो ।
उहाँले राससले आफ्ना सेवा विस्तार गर्दै अघि बढिरहेको भन्दै राससलाई अझ सुदृढ गर्दै लैजानु पर्ने सुझाव दिनुभयो ।
रासस कोशी प्रदेशका प्रमुख मोहम्मद सदरुलले राससले इतिहासको अभिलेखीकरण, चेतनाको विकास, सभ्यता र संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको थियो ।––––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077