अन्तर्राष्ट्रिय भोजपुरी संगम विराटनगरमा हुने

Logo
Nav Nepal आइतबार, कार्तिक २५, २०८१

 

विराटनगर,२५ कात्तिक ः भोजपुरी भाषा, रहनसहन, भेषभुषा, संस्कृति, खानपिन लगायतको जानकारीका लागि अन्तर्राष्ट्रिय भोजपुरी संगम नेपाल –२०२४ विराटनगरमा आयोजना हुने भएको छ ।
आभा फाउण्डेशन विराटनगर नेपाल र राष्ट्रिय कला सेवा संस्थान भारतद्वारा संयुक्त रुपमा आगामी पुस ५ र ६ गते विराटनगरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, मरिसर,फिजि, वेलायत, अमेरिका ,श्रीलंका लगायतका १८ देशका कवि, कलाकार, फेसन डिजाइनरहरुको सहभागिता रहने आज फाउण्डेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
दुई दिने उक्त सम्मेलनमा वहुभाषि कवि गोष्ठी,फेशन शो, खानपिन लगायत प्रदर्शन गरिने भारतीय संस्थानका संजयकुमार पाण्डेले बताउनु भयो ।
कार्यक्रममा भारतीय भोजपुरी चलचित्रका कलाकारहरुको समेत सहभागिता रहने आभा फाण्डेशनकी अध्यक्ष आभा अनुपमाले जानकारी दिनु भयो ।
संगमका अवसरमा भोजपुरी कलाकारहरुले गीत संगीत एवं नृत्य समेत प्रस्तुत गर्ने छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077