सौन्दर्यकर्मीहरुको लेभल–२ (तह दुई ) को परीक्षा मिलेमतो भएको

Logo
Nav Nepal सोमबार, फाल्गुण ०७, २०८०

विराटनगर ७ फागुन । सौन्दर्यकर्मीहरुको लेभल–२ (तह दुई ) को परीक्षामा मिलेमतो भएको भन्दै राष्ट्रिय सौन्दर्यकर्मी यूनियन विराटनगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यूनियनले फागुन ३ देखि ९ गते सम्म हुने परीक्षा छानवीन गरि आवस्यक कारवाहीका लागि माग गरेको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सौन्दर्यकर्मी यूनियनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटीईभिटी) राष्ट्रिय सीप परीक्षण समिति (एनएसटीवी) र विराटनगर ११ मा सञ्चालित प्राईम इन्स्टिच्युटवीच भएको मिलेमतो र शक्ति केन्द्रको आडमा प्रयोगात्मक परीक्षा लिईएको जनाएको छ । सौन्दर्यकर्मी यूनियन विराटनगर अध्यग भलि सुब्बाले एनएसटीवी र प्राइमवीचको मिलेमतोका कारण ५ जनाको परीक्षा गत फागुन ४ गते गोप्य रुपमा लिईएको बताउनुभयो । उहाँका अनुसार सिमित व्यक्तिलाई उत्तीर्ण गराउने उद्देश्यले गोप्य रुपमा प्रयोगात्मक परीक्षा भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘ प्रयोगात्मक परीक्षा परीक्षार्थीहरुलाई एकै ठाउँमा राखेर लिईनुपर्ने हो । तर केही व्यक्तिहरुलाई गोप्य रुपमा लिईएको छ ।’ लेभल–२ को लिखित परीक्षा हटाएपछि पनि शक्तिकेन्द्रको सक्रियता बढेको सौन्दर्यकर्मी यूनियन कोशी प्रदेश सचिव कला डाँगीले बताउनुभयो । उहाँले दवाव दिनेहरुको प्रमाण आफुहरुसँग सुरक्षित रहेको बताउनुभयो ।

एनएसटीवीको परीक्षा केन्द्र रहेको प्राईम इन्स्टिच्युटमा बुद्धिमाया धिमाल, ओमकुमारी राई, पदम राई, रमाकुमारी कार्की र सिर्जना देउजाको प्रयोगात्मक परीक्षा गोप्य रुपमा लिईएको श्रोतको दावी छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष सुब्बाले प्राईम इन्स्टिच्युटमा यसअघि भएको परीक्षापनि निश्पक्ष र व्यवस्थित नभएको बताउनुभयो । प्राइमले शक्तिकेन्द्रको आडमा काम गरिरहेको उहाँको भनाई छ । परीक्षामा मूल्यांकनकर्ताहरुले परीक्षार्थीलाई भाईबामा अत्याउने, फेल हुनु भयो भन्दै मानसिक तनाव दिइएको अध्यक्ष सुब्बाले बताउनुभयो । उहाँले भन्नुभयो,‘ मूल्यांकनकर्तामाथि छानवीन होस् । स्वच्छ र मर्यादित रुपमा परीक्षा गराउने वातावरण सिर्जना गर्न नसक्ने परीक्षा केन्द्र तत्काल खारेज गरियोस् ।’ सौन्दर्यकर्मीहरुको लेभल–२ को प्रयोगात्मक परीक्षामा ६० जना सहभागि छन् । सौन्दर्यकर्मी यूनियन विराटनगर समितिले आजै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समितिलाई पत्र पठाउँदै छानवीनको माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077