मनमोहन स्मृति क्रिकेट ःनेपाली सेनाको त्रिभुवन आर्मी विजयी भै फाइनलमा प्रवेश

Logo
Nav Nepal सोमबार, बैशाख १५, २०८२

विराटनगर, १५ वैशाख ः मनमोहन कप फाउण्डेशनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव विजयी भएको छ।
विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको समुह ए अन्तर्गत अन्तिम लिग खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई पाँच विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ।
आइतबार राती वर्षा भए पछि २६ ओभरमा छोट्याएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले २४ दशमलव तीन बलमा सवै विकेट गुमाई ९६ रन बनाएको थियो ।
वागमतीका लागि कप्तान सिचिन लेखकले २४ ,प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाउन सफल भएको थिए ।
जवाफमा ९७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाली सेनाको त्रिभुवन आर्मीले १७ दशमलव तीन बलमा पाँच विकेट गुमाई विजयी भएको छ । आर्मीका निश्चल क्षेत्रीले ४६ रन, हिमाञ्सु दत्तले १८ रन बनाइका थिए ।
मंगलबार समुह वि समूहको पहिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लव बिच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077