कोशी प्रदेशका आठ लाख ९३ हजार बालवालिकालाई दादुरा–रुवेलाको खोप लगाईदै

Logo
Nav Nepal मंगलबार, फाल्गुण ०८, २०८०
विराटनगर, ८ फागुन । कोशी प्रदेशका  आठ लाख ९३ हजार बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाईने भएको छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय दादुरा रुवेला खोप अभियान –२०८० प्रदेशस्तरीय रुवेला खोप समन्वय समिति वैठकमा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले यही फागुन १३ देखि शुरु हुने अभियान अन्र्तगत कोशी प्रदेशका नौ महिना देखि १५ वर्ष सम्मका  आठ लाख ९३ हजार ९३४ जनालाई खोप लगाईने जानकारी दिनुभयो ।
अभियान अन्र्तगत प्रदेशमा फागुन १३ देखि चैत ३ गते सम्म खोप लगाईने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गते सम्म भएपनि प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसङ्ख्यालाई खोप लगाईसकिने तयारी गरिएको  निर्देशक बस्नेतले बताउनु भयो ।
फागुन १३ गते कोशी प्रदेशका भोजपुर, तेहृथुम, मोरङ र उदयपुरमा खोप लगाउँदै अभियानको शुभारम्भ गरिने भएको छ भने अन्य १० जिल्लाले फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरुगरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।
स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले प्रदेशमा नौ महिना देखि पाँच वर्षसम्मको जनसंख्या तीन लाख ६४ हजार ७०६ र पाँच वर्ष देखि १५ वर्षको जनसङख्या पाँच लाख २९ हजार २२८ रहेको बताउनुभयो ।
उहाँले लक्षित जनसङ्ख्याको सवैभन्दा बढी झापा, मोरङ र सुनसरीमा खोप लगाउनु पर्ने उहाँले बताउनुभयो ।
प्रदेशभरका आठ हजार ३६६ खोपकेन्द्रमा १२ हजार ६१८ स्वास्थ्यकर्मीले खोप लगाउने कार्यमा खटिने भएका छन् ।
  मन्त्रालयकी सचिव डा सुधा देवकोटाले सबैको सक्रियताबाट खोप अभियानलाई  सफल बनाउनु पर्ने बताउनु भयो ।
दादुरा–रुवेला एक सङ्क्रमित व्यक्तिबाट १५ देखि १८ जना सम्मलाई सङ्क्रमण हुने सोही अवसरमा विज्ञहरुको भनाई  रहेको छ । –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077