

विराटनगर १३ जेठ । विराटनगर महानगरापकिला वडा नं. ९ को सहयोगार्थमा एवं वैश्य सेवा परिषद नेपालद्वारा आयोजित १ महिने शिपमूलक सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
पिछडीएका तथा अन्य समुदायहरुको २० जना महिलालाई उक्त तालिममा सहभागी गराइएको थियो । मिति २०८२ वैशाख १५ गते देखि जेष्ठ १३ गते सम्म भएको तालिममा विराटनगर महानगरपालिका वडा नं. ९ को वडा अध्यक्ष विश्वनाथ प्रसाद भगतले तालिम लिएका सबै महिलाहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
प्रमुख अतिथि भगतले वैश्य परिषदले गरेको समाजमा उदाहरणीय कार्यक्रमले परिषद चर्चा परिचर्चामा आईनै रहेको कुरा बताएका थिए ।
शिपमूलक तालिममा सहभागी महिलाहरुलाई उद्यमशिल बन्न आग्रह अध्यक्ष भगतले गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि राप्रपाका नेता एवं संस्थाका संस्थापक अध्यक्ष दिनेश शाहले स्थापनाकाल देखि नै जनचेतना मूलक, शिप मूलक तथा सामाजिक गतिविधिहरुमा कृयाशिल रहेको र समाजमा बिकृती, विसंगती, कुरुती र रुढीवादी परम्पराहरुको अन्त्यका लागि विभिन्न जनचेतना मूलक कार्यक्रमहरु अहम भुमिका संस्थाले निर्वाह गरेको कुरा बताउनु भयो ।
कार्यक्रम संस्थाका अध्यक्ष रामकिशुन साहको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्तममा सहभागी महिलाहरु लक्ष्मी सहनी मुखिया, ज्योती शर्मा, रानी शाह, अनिता कुमारी साह, कोमल साह, तुलसी कुमारी शर्मा, सोनीया कुमारी कामत, काजल शाह, निकिता कोइरी, चन्दा देवी मण्डल, पवन कुमारी राय, रुकमिणी ठाकुर, अनुपमा देवी शाह, रीना देवी साह, प्रमिला देवी साह समेतलाई प्रमाण पत्र प्रदान गरेका थिए ।