‘दुई अर्वको लागतमा दुई सय शैय्याको जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा ’

Logo
Nav Nepal सोमबार, जेठ २०, २०८२

विराटनगर,१९ जेठ ः जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा आएको छ।
मोरङ जिल्लाको कटहरी गाउँपालिका –२ स्थित हल्दिबारीमा बीस विघा जमीनमा रु दुई अर्ब लगानीमा दुई सय शैय्याको सामुदायिक अस्पताल सञ्चालनमा आएको छ ।
जीवन विकास समाजद्वारा आज अस्पताल परिसरमा आयाजित पत्रकार सम्मेलनमा सर्वसाधारण जनतालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि सामुदायिक अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको सङ्घीय सांसद एवं जीवन विकास अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिनुभयो।
अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रवाह गर्ने सांसद मण्डलले बताउनु भयो ।
अस्पताल निर्माणका लागि रु एक अर्व ३० करोड जीवन समाजको र रु ७० करोड बैंकबाट ऋण लिएर लगानी गरिएको छ ।
कोशी प्रदेशको तराईका दक्षिण क्षेत्रका रहेका विपन्न वर्ग जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्य राखी फाउण्डेशनको स्थापना गरिएको मण्डलले बताउनुभयो ।
अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सक मार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरुबाट दैनिक वहिरङ्ग सेवा, साधारण तथा पेनलेस डेलिभरी सेवा, जेनरल तथा आइसियु, एनआईसियु, सिसियु,एचडिसियु, पिआईसियु ,डिजिटल एक्सरे,भिडियो एक्सरे दुरबिनबाट सबै किसिमको शल्यक्रिया सेवा, बालरोग उपचार सेवा, डाइलासिस, आधुनिक मेसिनबाट सबै किसिमको प्रयोगशाला सेवा, नाक कान घाँटीको उपचार सेवा, आँखा जाँच लगायत सेवा प्रदान गर्ने अध्यक्ष मण्डल बताउनुभयो ।
अस्पताले सेवा प्रवाहका लागि विषेशज्ञ चिकित्सकसहित २०० जनशक्ति रहेको अस्पतालले जनाएको छ।
अस्पतालले आगामी केही वर्षमा चिकित्सा शिक्षाको अध्ययन सञ्चालनमा ल्याउने गरी सेवाहरु थप विस्तार गर्दै लैजाने मण्डलले जानकारी दिनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली जेठ २४ गते शनिवार अस्पतालको उद्घाटन गर्नु हुने सांसद मण्डलले बताउनु भयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077