

विराटनगर ५ असार । बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाडौंको ‘बिरयानी अड्डा’ ले विराटनगरको मुटु महेन्द्र चोकमा बिहीबारदेखि शाखा बिस्तार गरेको छ ।
युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले ‘बिरयानी अड्डा’ को उद्घाटन गर्दै विराटनगरवासी लगायत छिमेकी भारतीय बजारका बिरयानी पारखीहरूले नयाँ स्वाद चाख्न पाउने बताउनुभयो ।
उहाँले काठमाडौंमा ‘बिरयानी अड्डा’ विभिन्न खाद्यका परिकारमा उत्कृष्ट स्वाद दिँदै ग्राहकहरूलाई सन्तुष्टि दिलाएर सफलता प्राप्त गरेको यस क्षेत्रमा छिमेकी देशका ग्राहकका आवागमन वृद्धि आर्थिक चलायमानमा वृद्धि हुने विश्वास जनाउनु भयो ।
बिरयानी अड्डा निर्देशक सविन पाण्डेले छैटौँ आउटलेटका रूपमा विराटनगरमा सञ्चालनमा ल्याएको जानकारी दिँदै काठमाडौंमा विस २०७६ सालदेखि सेवा सुरुवात गरेको बताउँनु भयो ।
उहाँले उपत्यका बाहिर पहिलो पटक विराटनगरमा खोलेका छौं भन्दै काठमाडौं, ललितपुर र भक्तपुरमा ५ वटा आउटलेट रहेका छन् जानकारी दिनुभयो ।
विराटनगरकी मोनिका निशाले ‘बिरयानी अड्डा’ को शाखा विराटनगरमा ल्याएकी हुन् । उद्घाटनका अवसरमा ‘बिरयानी अड्डा’ मा विभिन्न ग्राहकहरूलाई विभिन्न छुट दिएको छ ।
‘बिरयानी अड्डा’ मा विभिन्न स्वादका बिरयानी पाइनुका साथै पिजा, तन्दुरी लगायत खानाका परिकारहरू उपलब्ध रहेका छन् भने लाइभ म्युजिकबाट संगीतको आनन्द लिन पाइन्छ ।–––