कटहरी गाउँपालिकाको बजेट ५९ करोड

Logo
Nav Nepal बिहिबार, आषाढ ०५, २०८२

विराटनगर, ५ असार ः मोरङको कटहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२ ÷ ०८३ का लागि रु ५८ करोड ९१ लाख ४४ हजार ५०० सयको बजेट आज सार्वजनिक गरेको छ ।
पालिकाकी उपाध्यक्ष सीता देवी राजवंशीले दोस्रो गाउँ सभाको सातौं अधिवेशनमा उक्त बजेट सार्वजनिक गर्नु भएकी हुन ।
प्रस्तुत बजेटमा चालु खर्चतर्फ रु ३९ करोड ३८ लाख २ हजार ५०० सय र पूँजीगत खर्चतर्फ रु १९ करोड ५३ लाख ४२ हजार छुट्याइएको छ ।
बजेटको मुख्य आय स्रोतहरूमा आन्तरिक आयबाट रु नौ करोड ८० लाख ७८ हजार ४८५ , अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु ३५ करोड ८५ लाख छ हजार र राजस्व बाँडफाँडबाट रु १३ करोड २५ लाख ६० हजार १५ आउने अनुमान गरिएको छ ।
कटहरी गाउँपालिकाले प्रस्तुत बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ ।
कृषि क्षेत्रमा रु दुई करोड २८ लाख ६० हजार ,सामाजिक सुरक्षा र कल्याण क्षेत्रमा रु छ करोड ४९ लाख ४५ हजार ५०० छुट्याइएको छ ।
यस्तै पूर्वाधार क्षेत्रको विकासमा रु १७ करोड ७३ लाख पाँच हजार, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा रु तीन करोड २८ लाख र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन क्षेत्रमा रु दुई करोड ७२ लाख विनियोजन गरिएको छ ।
पालिकाका अध्यक्ष देवराज चौधरीले स्थानीय नागरिकहरूको जीवनयात्रामा सकारात्मक प्रभाव पार्नुका साथै गाउँपालिकाको समग्र विकासमा बजेटले महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो ।
पालिकाकाकी उपाध्यक्ष राजवंशीले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा गरिएको लगानीले स्थानीयवासीहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्तगर्नुभयो ।
सो अवसरमा उत्कृष्ट कर्मचारी,शिक्षक, विद्यालयलाई नगद सहित सम्मान गरिएको थियो ।––––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077