

विराटनगर, ६ असार ः कोशी प्रदेश सभाको आज बसेको बैठकमा ‘ आर्थिक वर्ष २०८२÷८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८२’ माथि विचार गरियोस् भत्रे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सो विधेयक माथि विचार गरियोस् भनी गर्नु भएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भई छलफल सुरु भएको हो ।
छलफलमा कोशी प्रदेश सभा सदस्य नारायणबहादुर मगर, विदुर लिंथेप, रमेशकुमार बस्नेत र यसोदा कायस्तले बोल्नुभएको थियो ।
शून्य समय
बैठकको शून्य समयमा कोशी प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले कोशी प्रदेशको समृद्धिका विकासका लागि सुशासन, विधि र पद्धति आवश्यक छ भत्रुभयो ।
अर्का सदस्य सबिना बजगाँईले झापाको बाहुण्डाँगीमा जंगली हात्तीबाट जनजीवन आक्रान्त बनिरहेकाले यसको रोकथाम एवं नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।–––