मनमोहन प्राविधिक विश्वविद्यालयले मधुमेह औषधिको अनुसन्धान गरी उत्पादन शुरु गर्ने

Logo
Nav Nepal सोमबार, आषाढ ०९, २०८२

 

विराटनगर, ९ असार ः मोरङको वुढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्व विद्यालयले आयुर्बेदिक औषधीहरुको उत्पादनको तयारी शुरु गरेको छ ।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले आज उपकुलपतिसंग पत्रकाकार कार्यक्रम अन्तर्गत सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली जडिबुटीको प्रयोग गरि मधुमेह रोगको उपचार गर्ने विशेष अनुसन्धानलाई विशेष महत्व दिई उत्पादनको अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।
उहाँले चालु शैक्षिक सत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो , ‘ १० वटा अनुसन्धान मध्ये मधुमेह रोगको उपचार गर्ने अनुसन्धान र व्याक्टेरियोफेज सम्वन्धी अनुसन्धानलाई विशेष महत्वका साथ अगाडी बढाईएको छ । ’
उपकुलपति पोखरेलले आफ्नै प्रयोगशालामा अनुसन्धान गरि विभिन्न आयुर्बेदिक औषधीहरुको उत्पादनको तयारी भईरहेको बताउनुभयो ।
उहाँले तह १ देखि तह ५ सम्मको स्किल टेष्ट पास गरिसकेका विद्यार्थीहरुलाई तह ६ देखि तह ८ सम्मको अध्ययन गराउने योजना अनुशार विश्वविद्यालय अघि बढेकोे धारणा व्यक्त्त गर्नु भयो ।
उपकुलपति पोखरेलले विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर विभिन्न कार्यक्रममा ३२२ विद्यार्थी अध्ययनरत रहेका छन् ।
कोशी प्रदेश सरकारले विस २०७६ सालमा स्थापना गरेको विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो ।
उपकुलपति पोखरेलले मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय भएपनि प्रदेश सरकारबाट अपेक्षित रुपमा बजेट विनियोजन नभएको गुनासो व्यक्त्त गर्नुभयो ।
उहाँले विश्वविद्यालयले प्रदेश सरकारले आगामी आर्थिक बर्षक लागि रु ३७ करोड बजेट माग गरेकोमा रु १४ करोड बजेट विनियोजन भएकोमा दुःखेसो व्यक्त गर्नुभयो ।
उहाँले कुल बजेटको ० दशमलव ५ प्रतिशत मात्रै विनियोजन हुनु दुखत भएको बताउनुभयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077