एस्पायर कलेजमा के.यु. स्कुल अफ एजुकेशनद्धारा शिक्षक सम्मेलन

Logo
Nav Nepal सोमबार, आषाढ ०९, २०८२

विराटनगर, ८ असार ।काठमाण्डौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले राष्ट्रष्यापी रुपमा “रुपान्तरणमुखि शिक्षामा अभ्यास” विषयक शिक्षक सम्मेलन आज बिराटनगरमा अवस्थित काठमाण्डौ विश्वविद्यालयको विस्तारित कार्यक्रम, एस्पायर कलेजवाट विधिवत शुरुवात गरेको छ ।

कार्यक्रमको सभापतित्व सि. पि. इ.सि. काठमाण्डौ विश्व विद्यालयका संदिप ढुंगानाले गर्नु भएको थियो ।
सात प्रदेश, सात सम्मेलन भन्ने नाराका साथ शुरु गरिएको उक्त कार्यक्रममा काठमाण्डौ विश्वबिद्यालय स्कुल अफ एजुकेशनलका डीन प्रा.डा. बालचन्द्र लुइटेल मुख्य वक्ताकारूपमा उपस्थित हुनुभएको थियो ।

काठमाण्डौ विश्वबिद्यालय स्कुल अफ एजुकेशनका प्रा.डा. धनपति सुवेदी र स्टिंम एजुकेशन विभागका प्रमुख डा विनोद प्रसाद पन्त साथै एस्पायर कलेजका अध्यक्ष्य बिकास अधिकारी ,कलेजका निर्देशक प्रतिक राउत, नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष राजन पौडेल, शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाको निर्देशक कृष्ण प्र. पोरखरेलको उपस्थिती रहेको थियो ।
एस्पायर कलेजका प्रिन्सिपल चिन्तामणि बस्नेतले एस्पायर कलेज काठमाण्डौं विश्वविद्यालयको नमुना कलेज हुने र हरेक क्षेत्रको लागि सिकाईको थलो बन्ने बताउनुभयो ।
उहाँले आगामी दिनमा समेत शैक्षिक सम्मेलनलाई निरन्तरता दिने बताउनुभयो ।
प्रा.डा. बालचन्द्र लुइटेलले रुपान्तरणमुखि शिक्षा के, कसरी र कस्तो हुनपर्छ भन्ने विषयमा प्रस्तुतीकरण गर्दै विभिन्न प्रकारका सिकाई, वातावरण, सिकाई विधि, प्रकृया, सिकाई र मुल््याङ्कनका विभिन्न दृष्टीकोणहरुको चर्चा गर्नुभयो ।
कार्यक्रममा १८७ जना शिक्षक शिक्षिका र प्राज्ञीक व्यक्तित्वहरूको उपस्थिती थियो ।
शैक्षिक क्षेत्रमा लामो अनुभव लिएका कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागीता रहयो ।
कार्यक्रममा विभिन्न विषयमा सोधपत्र प्रस्तुतीकरण भयो ।
काठमाण्डौ विश्वबिद्यालय स्कुल अफ एजुकेशनका प्रा.डा. धनपति सुवेदी र . डा. बिनोद पन्तले शिक्षामा सरोकारका विषय तथा नेतृत्व विकासका विषयमा एक घण्टा कार्यशाला सन्चालन गर्नुभयो ।

कार्यक्रममा शिक्षा सम्बन्धि विभिन्न विषयमा २० बटा समानान्तर सत्र सञ्चालन भए ।
इनोभेटिभ पेडागोजी, ए.आई इन एजुकेशन, रुपान्तरणका लागि नेतृत्व, डिफरेन्सियटेट इन्सट्रक्सन लगायतका विषयमा अन्तरक्रिय तथा छलफल गरि कार्यशाला समेत गरियो ।
प्राज्ञीक व्यक्तित्व बिच विभिन्न विषयम प्यानल चर्चा गरि उपस्थित सहभागि शिक्षकहरुलाई लाभप्रद कार्यक्रम सम्पन्न भयो । –––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077