

विराटनगर,१० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु चार अर्ब ४० लाखको बजेट सार्वजनिक गरिएको छ।
विराटनगर महानगरपालिकाले आज आयोजित नगरसभाको १६ औं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नुभएको हो ।
बजेटको आम्दानीको स्रोत संघीय सरकार वित्तिय समानीकरण अनुदान रु ३४ करोड ३४ लाख, प्रदेश सरकार वित्तिय समानीकरण अनुदान रु तीन करोट ६२ लाख ३० हजार , राजस्व बाँडफाँटबाट प्राप्त हुने राजस्वमध्ये मुल्य अभिवृद्धि कर रु १५ करोड ३९ लाख, अन्तःशुल्क रु पाँच करोड, १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर रु एक करोड, सावारी साधन कर रु तीन करोड आठ लाख, घरजग्गा रजिस्ट्रेशन रु ९४ करोड ६० लाख तीन हजार प्राप्त हुने कार्कीले बताउनु भयो ।
यसैगरी आन्तरीक राजस्वतर्फ रु एक अर्ब ४० करोड ,संघीय सरकार सशर्त र समपुरक अनुदान रु ८३ करोड ३४ लाख , प्रदेश सरकार ससर्त अनुदान रु चार करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपाल एक करोड ५० लाख, अन्य संघसंस्था रु १६ लाख, नगद मौज्जात रु १४ करोड गरी रु चार अर्ब ४० लाखे बजेट उपप्रमुख कार्कीले प्रस्तुत गर्नुभएको हो ।
यस्तै खर्चतर्फ महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ६४ करोड ७५ लाख, ऋणको साँवा ब्याज भुक्तानीका लागि रु पाँच करोड, चालु आर्थिक बर्षको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरूका लागि रु आठ करोड विनियोजन गरेको छ ।
यस्तै भौतिक पूर्वाधारतर्फ समपूरक योजनाहरूका लागि रु छ करोड २० लाख, वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरी आएका योजनाहरूका लागि रु ७० करोड, नगरका विभिन्न सडक मर्मत सम्भारका लागि रु १० करोड, फोहोर पानी प्रशोधन केन्द्रका लागि रु दुई करोड ६० लाख, विद्युतीकरण कार्यक्रमका लागि रु दुई करोड, भवन संहिता तथा निर्माण इजाजतका लागि रु एक करोड ६५ लाख, सडक पूर्वाधार तथा बस्ती विकासका लागि रु १० करोड २७ लाख १२ हजार विनियोजन गरेको छ ।
यस्तै सडक बोर्डबाट सञ्चालन हुने योजनाहरूका लागि रु एक करोड ५० लाख साथै नगरस्तरीय योजनातर्फ रु ६४ करोड ६१ लाख एक हजार गरी पूर्वाधार विकासतर्फ कुल रु एक अर्ब ६८ करोड ८३ लाख १३ हजार लगायत अन्य खर्चमा रु रु चार अर्व ४० लाख विनियोजन गरिएको छ ।
यसैगरी महानगरपालिकाले छोरी बचाउ छोरी पढाउ कार्यक्रमलाई निरन्तरता दिएको छ , गर्भवती महिला, जेष्ठ नागरीक तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स तथा विराटनगरबासीका लागि प्रदान गर्र्दै आएको शववाहन सेवालाई निरन्तरता दिएको छ ।
एक घर एक रोजगारी भन्ने मुल नाराका साथ लक्षित वर्गका लागि विविध क्षेत्रहरुमा निःशुल्क प्रशिक्षण तथा तयारी कक्षाहरु सञ्चालन गरी रोजगारीको वातावरण सिर्जना गर्ने, नवप्रवर्तनमा आधारीत उद्योगहरुको स्थापना गर्न महानगरबासीहरुको प्रोत्साहित गर्नुका सार्थ बिँउपुजीको आवश्यक प्रबन्ध गर्ने, महानगर रोजगार मेलालाई निरन्तरता दिई थप रोजगारी सिर्जना गर्ने,ऐतिहासिक विराटराजा दरबार क्षेत्रत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दे लगिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
यस्तै पिउने पानीको निःशुल्क आर्सेनिक परीक्षण कार्यक्रमलाई निरन्तरता दिइने छ ।
महानगरभित्र सञ्चालित उज्यालो विराटनगर अभियानलाई निरन्तरता दिएको छ । सडक बत्तीहरुको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा भौतिक सामाग्रीहरुको व्यवस्थापन गर्ने नीति कार्यक्रम तथा बजेटमा उल्लेख छ । कर करले हैन रहरले तिरौ भन्ने नाराका साथ करदाता शिक्षा अभियान संचालन गरी आन्तरीक आय वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । –––