आधुनिक प्रविधिको प्रयोग गरी दाँतको उपचार सेवा प्रारम्भ

Logo
Nav Nepal शुक्रबार, साउन २४, २०८२

 

विराटनगर, २३ साउन ः आधुनिक प्रविधिको प्रयोगका साथ आशिर्वाद डेन्टल अस्पतालले विराटनगरमा आजदेखि आफ्नो भवनबाट सेवा शुभारम्भ गरेको छ।
विराटनगर–१२ स्थित सुविधासम्पन्न भवनवाट दाँत सम्बन्धी सम्पूर्ण सेवा सुरु गरेको छ ।
विराटनगरमा सेवा प्रवाह गरेको १२ वर्षपछि जनतालाई थप सर्वसुलभ एवं नवितनतम आधुनिक प्रविधिकको प्रयोगबाट सेवा गर्ने अस्पतालले जनाएको छ।
विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले नव निर्मित भवनको उद्घाटन गर्दै दाँतको समस्यावाट पिडित नागरिकहरुले आफ्नो घर आङ्गनमा आधुनिक प्रविधिका साथ सेवा प्राप्त गर्नु गौरवको विषय भएको बताउनुभयो ।
उहाँले दन्तपरिक्षण देखि परामर्श सेवा समेत दिन आग्रह गर्दै दन्त अस्पताल स्थापनाले नगर स्वास्थ्य उपचार केन्द्रको रुपमा विकास हुनका साथै स्वदेशी तथा भारतीय नागरिकले सहज रुपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त्त गर्नुभयो भयो ।
सो अवसरमा प्रमुख कोइरालाले दन्तपरिक्षण समेत गराउनु भएको थियो ।
दन्त उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण आधुनिक उपकरणका साथ नागरिकलाई सेवा प्रवाह गर्ने सञ्चालक तथा डि एच राजाराम यादवले जानकारी दिनु भयो ।
उहाँले वरल क्यामेराद्धारा दाँतको परिक्षण,आरविजीद्धारा आर.सिटी र दन्तपरिक्षण तथा परामर्श प्रदान गरिने छ ।
मानिसहरुलाई सहज र सरल विधिवाट सेवा प्रदान गर्ने लक्ष्य राखिएको अस्पतालकी डा भावना यादवले जानकारी दिइन ।
उहाँले सामान्य ज्ञानले पनि दाँत जोगाउन सकिने ज्ञान नागरिकलाई दिनुका साथै अस्पताल आउने प्रत्येक नागरिकलाई सेवाभावका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077