बुढीगंगा गाउँपालिकाले फुटवल टिम तयार गर्दै

Logo
Nav Nepal शनिबार, भाद्र १४, २०८२

विराटनगर, भदौ ः मोरङको बुढीगंगा गाउँपालिकाले युवाहरुलाई खेलकुदप्रति आकर्षण जगाउन फुटवल टिम तयार गर्ने भएको छ ।
बुढीगंगा गाउँपालिकाका तर्फबाट विभिन्न फुटवल प्रतियोगिताहरुमा सहभागिता जनाउने उक्त टिम तयार गर्न लागिएको हो ।
यूवाहरुको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले युवाहरुलाई खेलकुदप्रति आकर्षण गराउन टिम तयार गर्न लागेको अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिनुभयो ।
उहाँले निरन्तर अभ्यासका लागि फुटवल खेलाडीका लागि प्रशिक्षक र पोशिलो (डाईट)खाजाको समेत व्यवस्था पालिकाले नै गर्ने जानकारी दिनु भयो ।
खेलकुदका माध्यमबाट गाउँपालिकालाई प्रदेश,मुलुक एवं विदेशमा चिनाउने उद्देश्य राखिएको छ।
अध्यक्ष थापा मगरले भन्नुभयो, ‘आठ वर्ष उमेर समूहका खेलाडीहरुलाई समेटेर क्लव बनाएर खेलको प्रशिक्षण गर्ने तयारी गरेका छौं ।’
चाँडै अन्तरपालिका स्तरिय फुटवल प्रतियोगिता बुढीगंगामा आयोजना गर्ने सोच रहेको उहाँले बताउनुभयो ।
बुढीगंगा पालिका अन्र्तगतको गाउँ यूवा परिषद्ले गत असार १३ देखि २१ गते सम्म आयोजना गरेको वडा स्तरिय फुटवल प्रतियोगिताबाट ३२ खेलाडी छनौट गरि गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
प्रारम्भिक चरणमा आएका दुई सय खेलाडीबाट छनौट गरि ३२ जना खेलाडी गाउँपालिकालाई हस्तान्तरण गरिएको गाउँ यूवा परिषद्का अध्यक्ष पुजेश कोइरालाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ अखिल नेपाल फुटवल संघ–एन्फाको नियम अनुशार खेलाडी छनौट गरिएको छ ।’
परिषद्ले वडास्तरिय फुटवल प्रतियोगितामा सात वटा वडा र १३ वटा माविको एक टिम गरि आठ वटा टिमवीच प्रतियोगिता आयोजना गरिएको थियो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077