

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा (ख) क्षेत्र नं. ६ मोरंगको अधिवेशन पार्टीका केन्द्रिय महामन्त्री प्रहलाद प्रसाद शाहको प्रमुख आतित्थयमा सम्पन्न भएको छ । सो कार्यक्रममा राप्रपा जिल्ला निर्वाचन समितिका सदस्यहरु डा. दुर्गा ब. अधिकारी प्रदिप शर्मा, शोभा प्याकुरेल, अम्बर बहादुर विष्टहरुले अधिवेशनमा सहभागी विराटनगर महानगरपालिकाका वडाहरु ५, ६, ७, ९, ११, १२ का परिषद सदस्यहरुको भावना अनुरुप तथा निर्वाचन तालिका अनुसार मनोनयन पत्र दर्ता गरेका अध्यक्ष पदमा १ र सदस्य पदमा १५ जनाले गरेका थिए । पार्टीका विधान अनुसार धर्मेन्द्र कुमार गुप्ताको अध्यक्षतामा १६ सदस्य प्रदेश .(ख) क्षेत्र नं. ६ मोरंग कार्यसमिति सर्वसम्मतीले चयन गरिएको कुरा जिल्ला निर्वाचन समितिका सदस्य डा. अधिकारीले जानकारी गराएका छन् । त्यसै गरी सदस्यमा पदमा निर्वाचित हुने हरु प्रहलाद प्रसाद शाह, दिनेश शाह, केदार कोइराला, दिलिप धाडेवा सोम प्रसाद भट्टराई (शम्भु), रतन तामाङ, अनुपमा देवी शाह, पदमा थापा, पुष्पा तिवारी,हरि कोइराला, अम्बिका प्रसाद मण्डल, बासुकी बैजनाथ शाह, डिल्लीराम भण्डारी, मो. नवि हुसैन, पार्वती शाह समेतलाई सर्वसम्मतले चयन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरु पार्टीका केन्द्रिय सहप्रवक्ता दिनेश शाह, केन्द्रिय सदस्य विश्वमोहन थापा, केन्द्रिय सल्लाहकार, टिका उप्रेती, विराटनगर महानगर अध्यक्ष विकास लिम्बु समेतले आ–आफ्ना मनतव्य व्यक्त गरेका थिए । सो कार्यक्रम विराटनगरको स्थानिय शितल धर्मशालामा सम्पन्न गरेका थिए ।